Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मोरङ । मोरङको सुन्दरहरैँचा–१० का ३४ वर्षीय दिनेश तामाङ र उहाँकी पत्नी सम्झना तामाङले फोहोरमा कवाडी सामान खोजेर घर चलाउन थालेको ६ वर्ष भयो ।
फोहोरमा कवाडी सामान खोजेर घर चलाउनु सामान्य मानिदैन । त्यसै पनि कवाडी सङ्कनमा पहाडे समुदायको उपस्थिति छैन । अझ फोहोरको डङ्गुरमा पेय पदार्थका अल्मुनियम र फलामका बट्टा, तार, फलाम र विभिन्न रेडिमेड सामान जलाएर त्यस भित्र रहेका फलामका साना साना टुक्रा सङ्कलन गर्ने गर्ने काम कम जोखिम पूर्ण छैन । तर, तराईबासी साथीहरूसँग उहाँहरूसँगसँगै फोहोरमा कवाडी सामग्री खोजि गर्नु हन्छ । त्यही सामान बिक्री गर्नु हुन्छ र आफ्ना दुई छोराछोरी र आमालाई पाल्नुहुन्छ । दिनेशसँग घामपानी छल्ने सानो घर बाहेक केही छैन् ।उहाँहरू दुई बुढाबुढी भएर दैनिक ८ देखि १३ सयसम्मको कवाडी सामान सङ्कलन गर्नुहुन्छ । बिराटचौक पु¥याएर बिक्री गर्नुहुन्छ र दैनिकी चलाउनु हुन्छ ।
बुधबार बिहान लेटाङको फोहोर फाल्ने डम्पिङ साइटमा भेटिनु भएका दिनेशले भन्नुभयो – फलाम प्रतिकिलो ३५ रुपियाँ,टिन (जस्ता) प्रतिकिलो २० रुपियाँ र अल्मुनियम प्रतिकिलो ५० रुपियाँमा बिक्री हुन्छ । उहाँहरू लेटाङ बाहेक बेलबारी, सुन्दरहरैँचा, पथरीशनिश्चरे र कानेपोखरीको डम्पिङ साइडमा पनि फलाम, जस्ता र अल्मुनियम खोज्न जाने गर्नुहुन्छ ।
दिनेश तामाङ मात्र होइन । रक्सना खातुन र अप्सना खातुन पनि विगत ११ वर्षयता फोहोरमा खोजेको सामग्री बिक्री गरेर मोहोर साटी रहनु भएको छ । कहिले पथरी त कहिले केराबारीको डम्पिङ साइट पुग्नुहुने रक्सनालाई श्रीमानले छोडेपछि घर चलाउन गाह्रो भयो । श्रीमान अर्को बुढी लिएर बस्यो । हातमा केही सीप थिएन । काम कतै नपाइने । त्यसैले ११ वर्ष अघि देखि उहाँ फोहोरमा मोहोर खोज्ने काममा लाग्नुभयो । ६ सन्तानकी आमा रक्सनाले भन्नुभयो –दिनको ७ सय रुपियाँ कमाइ हुन्छ । रक्सनालाई अप्सनाले कवाडी सङ्कलनमा जोड्नु भएको हो । उहाँहरू दुबैजनाको घर सुन्दरहरैचा १० मा पर्छ । रक्सनाले भन्नुभयो – हरेक डम्पिङ साइटमा कसले के सङ्कलन गर्ने तय भएको हुन्छ । लेटाङको डम्पिङ साइटमा भेटिनु भएकी अप्सनाले भन्नुभयो – हामी यहाँ प्लाष्टिकजन्य फोहोर खोज्छौं । फलाम दिनेशले सङ्कलन गर्नुहुन्छ । हरेक डम्पिङ साइटमा उहाँहरूको जिम्मेवारी अलग अलग छ । कोही शिसाजन्य फोहोर मात्र सङ्कलन गर्छन । कोही फलामजन्य त कोही प्लाष्टिकजन्य मात्र फोहोर सङ्कलन गर्छन । जसले गर्दा सङ्कलकहरू बिच झगडा हुँदैन ।
फोहोरमा वियर र पेय पदार्थका बोतल सङ्कलन गरिरहनु भएका सुन्दरहरैँचा १० का अब्दुल मोहमदले भन्नुभयो– होटल ,पसलमा खोज्दै, माग्दै गयो भने पैसा माग्छन् । तर, नगरपालिकाको गाडीमा पैसा तिरेर हालिदिन्छन् । यहाँ नगरपालिकाको गाडीले ल्याएर फाल्छ । यही फोहोर सङ्कलन गरेर हामी धेरै जनाले जीविकोपार्जन गरेका छौं । ४७ वर्षीय अब्दुलले भन्नुभयो– फोहोरमा लाखौं रुपियाँ फालिन्छ तर,नगरपालिकाले उपयोग गर्न जानेको छैन ।

 



Share via
Send this to a friend