Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

केरावारी । वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिड्नु पर्ने बाध्यता खेपिरहेका केरावारीवासीले शुद्ध पिउने पानी पिन पाउँने भएका छन् ।
एसियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले केराबारी शहरी खानेपानी आयोजना संञ्चालन गर्ने भएपछि वर्षौदेखि पिउने पानीको समस्या झेल्दै आएका केराबारीबासीको समस्या समाधान हुने भएको हो । एकवर्ष अघि ुरु भएको सम्भाब्यता अध्ययन सम्पन्न भएपछि आयोजना संञ्चालन गर्ने सरकारी निकाय शहरी खानेपानी आयोजनाको क्षेत्रीय कार्यालय इटहरीले केराबारी गाउँपालिकामा केराबारी शहरी खानेपानीको विस्तृत सम्भाब्य अध्ययन प्रतिवेदन प्रस्तुत गरेको छ ।
केराबारी शहरी खानेपानी आयोजन संञ्चालन गर्न १ अर्ब ५३ करोड ३ लाख ६२ हजार ९ सय ६८ रुपियाँको अनुमानित बजेट तय भएको छ । जसमध्ये नेपाल सरकारको तर्फबाट ७० प्रतिसत अर्थात (१ अर्व ७ करोड १२ लाख ५४ हजार ७८ रुपियाँ), सङ्घीय सरकारबाट ऋण अनुदान २५ प्रतिसत अर्थात ( ३८ करोड,२५ लाख,९ हजार ७ सय ४२ रुपियाँ ) र स्थानीय सरकारको तर्फबाट उपभोक्ताको लागत सहभागिता मार्फत ५ प्रतिसत अर्थात (७ करोड,६५ लाख,१८ हजार १ सय ४८ रुपियाँ ) खर्च ब्यवस्थापन गरिने छ ।
खानेपानी आयोजना २ वर्ष भित्र निर्माण सम्पन्न हुनेछ । योजना सम्पन्न भएपछि प्रतिदिन प्रतिव्यक्ति १ सय लिटर पानी प्रयोग गर्न सक्ने गरी अगामी २० वर्ष सम्म झण्डै ५६ हजार जनसङ्ख्यालाई धान्न सक्नेगरी आयोजना संञ्चालन गर्न लागिएको हो । आयोजना केराबारी गाउँपालिकाको वडा नं.५ को न्युरे, सतिसाले, वडा नं. ६ को कालापानी,७ को ओखलढुंगे, भालुकुँडे,सिंहदेवी, वडा नं.८ को आमजुंगी, वडा नं. ३ को देउराली, फूलबारी टोल, वडा नं. १० को थापाटार बाँकेटार हँुदै ९ को भलुवा, घङ्घरु, देवीझोडा सम्मका झण्डै ६ हजार ६सय ४५ घरधुरीका ३१ हजार ३१५ जनसङ्ख्यालाई पुग्ने गरी संञ्चालन गर्ने महत्वकांक्षी लक्ष्य लिइएको छ ।
पिउने पानीको स्रोत खदम खोला र भूमिगत स्रोतबाट ब्यवस्थापन गरिने छ । खोलाको पानी थिग्रयाई शुद्ध र गुणस्तरीय पिउने पानी वितरण गर्न मुहान देखि रिर्जव ट्याङ्की सम्म विभिन्न साइजका २३ किलोमिटर र ट्याङकी देखि घरसम्म झण्डै ४ सय ५२ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने शहरी खानेपानी डिभिजन कार्यालय इटहरीका परामर्सदाता शिसिर गौतले जानकारी दिनुभयो । गौतमका अनुसार आयोजना सुरु भएपछि २२ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।
केराबारी शहरी खानेपानी आयोजना संञ्चालन गर्न विभिन्न ठाउँमा स्थानीयले नीजि जग्गा र सार्वजनिक जग्गा समेत उपलब्ध गराई सकेकोले काम सुरु भएपछि निर्धारित समयमा सम्पन्न हुने परामर्सदाता गौतमले बताउनु भयो ।
केराबारी शहरी खानेपानी समितिको उपाध्यक्ष एवम् वडा नं.१० का वडाध्यक्ष पुर्णवहादुर मगरले भन्नुभयो – १,२, ४ नम्वर वडा पुरै र ३ नम्बर वडाको आधा जनसङ्ख्या यो आयोजनाबाट लाभान्वित हुनेछन् । हालसम्म खदम खोलाको पानी खाइरहेका केरावारीवासीको चार दशक पुरानो सपना हो , यो योजना । केरावारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष किसन शाहीले स्रोतको सुनिश्चित भएकोले समयमा नै योजना सम्पन्न हुनेमा आशावादी रहेको बताउनु भयो ।

 



Share via
Send this to a friend