Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

पथरीशनिश्चरे । मोरङको निर्वाचन क्षेत्र नंं ३ अन्तर्गतका दुई पालिका जोड्ने दहीडाँस खोलाको पुल तेस्रो पटक थपिएको समयमा पनि नबन्नला कि भन्ने चिन्ता थपिएको छ ।
कानेपोखरी गाउँपालिकाको वडा नंं ६ सँग पथरीशनिश्चरेको वडा नंं ९ लाई जोड्ने यो पुल २०७६ सालको जेठ २ गते शिलान्यास भएको थियो ।२०७८ सालको मङ्सिर १६ गते समूदायलाई हस्तान्तरण गर्ने गरी धनुषा जिल्लाको रमन आइएसएनवी जेभीले निर्माण गर्न थालेको पुल तेस्रो पटक थपिएको समय अनुसार २०८२ को असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेछ । तर, सडक डिभिजन कार्यालय विराटनगरका सूचना अधिकृत शीतल पराजुलीका अनुसार हालसम्म ६१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । ४० मिटरको पुलको एउटा स्पान ढलान भइसकेको छ भने अर्को स्पान निर्माण गर्ने सुरसार नै छैन् । अधिकृत पराजुलीले भन्नुभयो – २०८२ असार मसान्तसम्ममा पुल बनिसक्छ । पछिल्लो समय लगातार काम भइरहेको छ । प्राविधिक विषय सर्वसाधरणलाई जानकारी नहुने भएकोले चिन्ता हुनु स्वाभाविकै हो ।
१४ करोड ४९ लाख ५१ हजार ८६७ रुपियाँको लागत इष्टिमेटको पुल निर्माण कम्पनीले भ्याट सहित ११ करोड ७९ लाख २ हजार ६०६ रुपियाँ ५५ पैसामा ठेक्का लिएको हो । पहिलो पटक थप गरिएको समयमा काम सम्पन्न नगरेपछि डिभिजन कार्यालयलाई स्थानीय र सांसदले समेत ठेक्का रद्ध गर्न दवाव दिएका थिए । सडक विभागले दोस्रो पटक २०८० असार मसान्तसम्ममा काम सक्ने गरी समय थप गरेको थियो । तर, उक्त अवधिमा निर्माण कम्पनीले एकदिन पनि काम गरेन ।

 


सुचना अधिकृत पराजुलीले भन्नुभयो – ५९ दशमलव २९ प्रतिशत वित्तीय प्रगति भएको छ ।प्राविधिक कही काम बाहेर सबै काम तीब्र रुपमा भइरहेको छ ।
मोरङ –३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्माले पुल समयमा निर्माण गर्न पटक पटक दबाब दिएको बताउनु भयो । निर्वाचन क्षेत्रका दुई पालिका जोड्ने यो पुल नहुँदा गाडीबाट खोला तर्न पूर्व पश्चिम राजमार्ग नै पुग्नु पर्ने बाध्यता रहेको छ । उहाँले निर्वाचन क्षेत्रहरूलाई जोड्ने पुललाई आफूले प्राथमिकतामा राखेको बताउनु भयो ।



Share via
Send this to a friend