रङ्गेली । प्रतिबन्धित लागु औषध बिक्री गर्ने मोरङको रङ्गेली –७ शुक्रबारेका सञ्जयकुमार मण्डललाई प्रहरीेले पक्राउ गरेको छ । मोरङ रङ्गेली ७ शुक्रबारेमा मण्डलले सञ्चालन गरेको इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार दिउँसो फार्मेसीम छापा मारेको हो ।
ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रङ्गेली ७ बस्ने बर्ष २१ को सञ्जयकुमार मण्डल पक्राउ गरेको हो।फार्मेसी खानतलासी गर्दा प्रतिबन्धित लागू औषध त्च्ब्ःब्म्इी पाँच हजार तीन सय क्याप्सुल, क्एब्क्एब्क्ष्ल् दुई हजार ट्याबलेट, म्ष्थकभ–द्दण् तेह्र हजार छ सय ट्याबलेट फेला परेको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिनुभयो । मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको रङ्गेली प्रहरीले जनाएको छ।

























