Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । बजारमा उच्च माग भएका साल र अस्ना जातका रुख नभएका सामुदायिक वनहरू बैकल्पिक आय खोजि गर्न थालेका छन् ।
जङ्गलबाट ढलापडा सुक्खाखडा रुखहरू निस्किन छोडेपछि सामुदायिक वनहरूले बैकल्पिक आयको बाटो खोजि गरेका हुन् । वन र पानीको मुहान संरक्षण पनि हुने र सामुदायिक वनको आय पनि बढ्ने भएपछि मोरङको उर्लाबारी–२ स्थित प्रगतिशील सामूदायिक वन उपभोक्ता समूहले वनद्वारा संरक्षित क्षेत्रमा वृहत माछपालन सुरु गरेको छ । पानीको स्थायी स्रोत भएको डुम्बा खोलाको पानी पोखरीमा भरेर सामुदायिक वनले हाल ७ वटा साना ठूला पोखरीमा माछापालन गरिरहेको छ ।
१४२ हेक्टरमा फैलिएको वन क्षेत्रको सीमसारलार्य विस्तार गरी पोखरी निर्माण गरिएकोहो । सामूदायिक वनका अध्यक्ष तारीलाल धिमालले भन्नुभयो – वन तथा वातावरण मन्त्रालयको चुरे उत्थानशील आयोजना ब्यवस्थापन इकाई इटहरीको आर्थिक सहयोगमा सामुदायिक वनले पोखरी खनेर ४८५ किलो माछाका भुरा हालको छ । यो वर्ष २५लाख रुपियाँको माछा बिक्री गर्ने योजना छ । पहिलो चरणमा उपभोक्ता समितिको २ लाख २३ हजार ५७१ रुपियाँ र चुरे उत्थानशील आयोजनाको १९ लाख २३ हजार ७२६ रुपियाँ गरी कुल २१ लख ४७ हजार २९७ रुपियाँमा पोखरी खनिएको हो । १८ कट्ठा र १० कट्ठा पानीको भूभाग रहेका दुई वटा पोखरी उक्त रकमले खनेका हौं ।
सामुदायिक वनले दोस्रो चरणमा उपभोक्ताको ५८ हजार ८८६ रुपियाँ र चुरे उत्थानशील आयोजनाको ४ लाख ८० हजार८७३ रुपियाँ गरी कुल ५ लाख ३६ हजार ७५९ रुपियाँमा पानीको भुभाग मात्र ७ र १२ कट्ठा भएका दुई वटा पोखरी खनेको छ । चार वटा पोखरीमा माछाका भुरा हालि सकिएको छ भने साना तीनवटा पोखरी निर्माणधीन छन् । सामुदायिक वनलाई वृहत जलाधार ब्यवस्थापन कार्यालय कोशीले २७ लाख रुपियाँ अनुदान दिएपछि सामूदायिक वनले थप तीनवटा पोखरी खनेको हो ।
डुम्बा खोला र सोल्टी खोलाको बिचमा रहेको सामूदायिक वन क्षेत्रमा सौन्दर्य भर्न वनले आफै पनि १५ लाख बढी खर्च गरिसकेको छ । सिमसारको बिचमा रहेको वनलाई आन्तरिक पर्यटकको नयाँ गन्तब्य बनाउने गरी काम गरिरहेको सामुदायिक वनका अध्यक्ष तारीलाल धिमालले बताउनु भयो ।



Share via
Send this to a friend