Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारी –७ का ५४ वर्षीय दीपक भण्डारीलाई यतिबेला बाँदर, हात्ती लगायतका जङ्गली जनावर धपाउने घरेलु यन्त्र बनाउन भ्याई नभ्याई छ ।
एक महिना अघि उर्लाबारीको एउटा अनलाइन टिभीबाट यन्त्रको प्रदर्शनी गरेपछि यन्त्रको माग बढ्यो ,त्यसपछि दीपकलाई भ्याई नभ्याई भएको हो । पहाडी भागमा बस्ने आधा भन्दा बढी मानिस बाँदर प्रभावित रहेछन् । दैनिक चालिस पचास जनाको फोन आउँछ । रुकुम,रोल्पा, जाजरकोट,खोटाङ,गुल्मी,स्याङ्जाबाट बढी माग आएको छ । अहिले भण्डारीको उर्लाबारी–७ स्थित दीपक सप्लायर्समा दुई जना कामदार बाँदर धपाउने यन्त्र बनाउन मै ब्यस्त छन् । दीपकले भन्नुभयो– दैनिक ३० वटा उत्पादन भइरहेको छ ।
१४ वर्ष यता नयाँ नयाँ खाले घरेलु औजार र यन्त्र उत्पादन गरिरहनु भएका भण्डारीले खेत जोत्ने हलो, मकै छोडाउने मेसिन, सेकुवा पोल्ने चुल्हो, बाँदर धपाउने यन्त्र लगायत थुप्रै घरेलु औजार उत्पादन गरिसक्नु भएको छ । त्यतिमात्र होइन । चक्का हालेर गुड्न घर पनि बनाएर आफैं प्रयोग गर्नुभयो । थुप्रै सामग्री निर्माण गरेपनि भण्डारीको ब्यवावसाय जेनतेन चलेको थियो । उद्योगमा २० लाख मूल्यका सामान मौज्दात थिए । तर, बाँदर धपाउने यन्त्रको प्रचार भएपछि दीपक आफ्नो ब्यावसायिक सफलता बल्ल सुरु भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो– सबै स्टक सामान सकिन लाग्यो । ४५ लाख लगानी भएको उद्योगमा २० लाखको सामा स्टक हुँदा उद्योग नै धरासयी हुन लागेको थियो । यद्यपि लगातार ब्यवसाय गरिहरनु भएका भण्डारी सञ्चार र मिडियाको शक्तिसँग नतमस्तक हुनुहुन्छ । उहाँले भन्नुभयो – मानिसले खोजेका तर, कहाँ पाइन्छ भनेर पत्ता नलगाएका वस्तु उत्पादन गरिरहेको रहेछु । एउटा अनलाइन टिभीले ब्यावसायको स्वरुप नै बदलियो । दैनिक एउटा दुईटा फोन रिसिभ गर्ने दीपक भन्नुहुन्छ–यतिबेला पालिका र वडालाई सिफारिस सहित माग गर्न अनुरोध गरेको छु । एउटा खरिद गर्दा महँगो पर्ने र ढुवानीमा समस्या पर्ने भएकोले बाँदर पीडित वडाबाट सिफारिस भएर आयो भने पठाउन सजिलो हुने भण्डारी बताउँनु हुन्छ ।रुकमको सिस्ने ५ का लोकेन्द्र बुढाथोकीले भन्नुभयो–साँच्ची कै प्रभावकारी देखियो , त्यसैले हामीले गाउँले नै मगाएका छौं । हाल यो यन्त्र भण्डारीले २ हजार ५ सय रुपियाँमा बिक्री गरिरहनु भएको छ ।



Share via
Send this to a friend