Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 सुन्दरहरैँचा । सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गते देखि फागुन १० गतेसम्म हुने भएको छ ।
मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने विराट एक्स्पो नगर क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि आयोजना हुँदै आएको छ । नगरमा यस अघि दुईवटा सार्वजनिक शौचालय निर्माण भइसको छन् भने दुई वटा निर्माणधीन अवस्थामा छन् । नगरको हरैँचा र खोर्सानेमा निर्माणधीन सार्वजनिक शौचालयलाई पुरा गर्ने र थप दुई वटा निर्माण गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना हुन लागेको सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीका अनुसार एक्स्पो आयोजना गर्न ४ करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ । एक्स्पोबाट १ करोड बचत गर्ने लक्ष्य राखेको उहाँले जानकारी गराउनु भयो ।
दुईसय वटा स्टल रहने एक्स्पोमा औद्योगिक सामग्रीका ८५,कृषि तथा घरेलु सामग्रीका ४० ,शैक्षिक, बैंक तथा बित्तीय संस्थाका ४०,अट्टो मोवाइल्सका २० र होटलका १५ वटा स्टल रहने छन् ।८० प्रतिशत स्टल बुकिङ भइसकेका छन् । एक्स्पो सम्पन्न गर्न ५०१ सदस्यीय मुल समारोह समिति र १९ वटा उपसमिति गठन गरिएको छ । अध्यक्ष कार्कीले भन्नुभयो – विद्यार्थीहरूका लागि प्रवेश निशुल्क हुनेछ ।
तेस्रो संस्करणमा १ लाख ५० हजार मानिसले अवलोकन गरेको एक्स्पोमा यो वर्ष ३ लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा हरेक दिन नगर स्तरीय नृत्य तथा सङ्गीत प्रतियोगिता हुनेछन् । त्यस्तै बुद्धिचाल प्रतियोगिता आयोजना गरिने छ । त्यस्तै साहित्यिक कार्यक्रमहरूको पनि आयोजना हुनेछ ।



Share via
Send this to a friend