उर्लाबारी । किसानले गहुँ बाली भित्त्र्याउन हार्भेष्टर मेसिन प्रयोग गर्न थालेपछि ब्याबसायिक पशुपालक किसानका लागि पशुआहारा अभाव हुने भएको छ ।
बिगतमा ब्यावसायिक पशुपालकले गहुँको भुस किसानको खेत खेतमै पुुगेर किन्ने गर्थे । हार्भेष्टर लगाएपछि गहुँको पशुचौपायले खान लायक हुँदैन । भुस कि कुहाउनु पर्छ । कि डढाउनुपर्छ ।
गहुँ किसानले कृषि मजदुर नपाएपछि प्रति बिघा ६ हजार रुपियाँ खर्च गरेर धमाधम गहुँ बाली भित्त्र्याई रहेका छन् । गहुँको सघन खेती हुने मोरङको सुनवर्षी र रतुवामाई नगरपालिका क्षेत्रमा यतिबेला किसानलाई गहुँ भित्त्र्याउने चटारो छ । कृषि मजदुर पाउँदा चैतको अन्तिमसम्ममा घर आइसक्ने बाली खेत मै खुरि सकेको छ । सामान्यतया झापा, मोरङ र सुनसरीमा लाग्ने सिरुवा मेला सुरु हुनुअघि बाली भित्त्र्याइसक्ने किसान मजदुर नपाएकै कारण बाली भित्त्र्याउन ढिलो भएको बताउँछन् ।
कृषि मजदुर लगाएर गहुँ बाली भित्र्याउँदा प्रति बिघा १३ जना मजदुर काट्न मात्र लाग्छ ।सुनवर्षी २ अमरदहका किसान विनालुलाल राजवंशीका अनुसार कृषि मजदुरलाई दैनिक सात सय रुपियाँ दिनुपर्छ । काटेर मात्रै भएन ,विटा लगाउन ,घर सम्म लान र थ्रेसिङ गर्न थप खर्च लाग्ने गर्छ । सबै काममा कृषि मजदुरलाई प्रयोग गर्ने हो भने १२ हजार रुपियाँले मात्र एक बिघा खेतको गहुँ घरसम्म आईपुग्छ ।राजवंशीले भन्नुभयो – बिचमा हावाहुरी र चट्याङ सहित पानी आयो भने थप क्षति हुन्छ ।
त्यसो त थ्रेसिङ गरेको गहुँको भुसले समेत राम्रो मुल्य पाउँथ्यो ।तर,थ्रेसिङ गर्ने अवस्था सम्म पु¥याउन नै किसानलाई ठूलो चुनौति हुन्छ । मङ्गलसिंह राजवंशीले भन्नुभयो – गतवर्ष गहुँको भुस बिघाको सात हजारमा खेतबाटै बिक्री भएको थियो ।यो पटक अग्रिम बुकिङ गर्न पशुपालक किसान खेत खेतमा आएका थिए ।तर, कृषि मजदुर नपाएपछि हार्भेष्टर लगाउन बाध्य भयौं । गहुँको खेती गर्ने किसान गहुँको भुस गाईवस्तुलाई खुवाउँदैनन । उनीहरूसँग प्रसस्त पराल,मकै हुन्छ । कागज उद्योगी , च्याउ खेती गर्ने किसान र शहरमा पशुपालन गर्ने किसानले भुस किन्ने गर्छन् । सुनवर्षी २ कै देशे राजवंशीले गत वर्ष एक बिगाहाको थ्रेसिङ गरेको भुस बिक्री गरेर सात हजार लिनु भएको थियो । तर, यस वर्ष हार्भेष्टर लगाएको भुस खेतमै डढाउनु पर्ने भएको छ ।कृषि क्षेत्रमा अर्ध यान्त्रिकरण प्रवेश भएपछि नेपालका कृषि मजदुरले वर्षभरि काम पाउन छोडेका छन् । जसले गर्दा गाउँमा लाठे र तन्नेरीहरू बस्ने छोडेका छन् । उनीहरू भारतको पञ्जाव र हरियाणा तर्फ कृषि तथा पशुपालनको काममा जाने गरेको स्थानीय मनोज दाहलले बताउनुभयो ।
सोही स्थानका आइतवारी मियाँले भन्नुभयो – खेती गर्ने किसानले बालीको मुल्य राम्रो पाउन थालेका छन् । गहुँ निस्केको दुई साता भयो । सुरुमै प्रतिमन १ हजार ८ सय रुपियाँमा किसानले घरबाटै बिक्री गरिरहेका छन् । तर, खेतीमा समस्या थपिएको थपिएै छन् । मियाँले बीउ अभाव हुने ।मल नपाइने ,सिंचाइको समस्या हुने र भित्त्र्याउने बेला कृषि मजदुर नपाइने भएकोले खेती गर्न धेरै गाह्रो हुँदै गएको गुनासो गर्नुभयो ।

























