Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला,
रङ्गेली । जेठकोे प्रचण्ड गर्मी । शरीरमा एकसरो लुगा समेत नलगाई पानी मुनि डुबेर खोलाको वालुवा झिक्दै ट्याक्टर भर्ने काम कम चुनौति पूर्ण छैन ।तर, मोरङको रङ्गेली नगरपालिका वडा नंं.१ सगरदिनाका श्रमिकहरू पानी मुनिबाट बालुवा झिकेर ट्याक्टरमा भर्नुहुन्छ र आफ्नो घरखर्च टार्नुहुन्छ ।
उहाँहरू बालुवा भरेको प्रति ट्याक्टर एक हजार दुई सय रुपियाँ लिनु हुन्छ । अर्जुन सरदार,कारिलाल सरदार ,मेघलाल सरदार र सन्डील विश्वासको एउटा टोली छ । खोलाभरि उहाँहरूका जस्तै थुपै समूह छन् । सबैको कामको प्रकृति एउटै हो । खोला गहिएर गएपछि पानी मै डुबेर बालुवा निकाल्नु पर्ने भएको छ । उहाँहरू खोला किनारमा राखेको ट्याक्टरमा चार जना भएर बालुवा भर्नु भर्नुहुन्छ । खोलामा डुबेर बालुवा झिक्ने काम सन्डिलले गर्नुहुन्छ । बाल्टीको पिँधमा प्वाल हुन्छन । सन्डिलले पानी त¥याएर मेघलाललाई र मेघलालले अर्जुन सरदारलाई दिनु हुन्छ । ट्याक्टरमा उभिनु भएका कारिलाल सरदारले बालुवा चाल्दै ट्याक्टरमा भर्नुहुन्छ । बालुवा चाल्ने जाली ट्याक्टर मै जडान भएको हुन्छ ।
यही रितले उहाँहरू दैनिक पाँच÷छ ट्याक्टर बालुवा र दुई ट्याक्टर मिस गिटी भर्नु हुन्छ । मिस गिट्टी भरेको एक हजार र बालुवा भरेको एक हजार २ सय लिनु हुन्छ । दैनिक ८ हजार रुपियाँ जम्मा गर्ने उहाँहरूको टोलीलाई प्रतिब्यक्ति दुई हजार भाग लाग्छ । यो काम धेरै कठिन छ । सधैं गर्न सकिन्न । ट्याक्टरमा बालुवा छानेर हालिरहनु भएका कारिलालले भन्नुभयो –दैनिक काम गर्न सकिन्न । असार १ गते देखि भदौ मसान्तसम्म खोला बन्द हुन्छ । वर्षमा सरदर तीन महिना मात्र काम गर्ने गरेको कारिलालले बताउनु भयो । खोला ठेक्का लाग्ने समयमा पनि काम हुन्न ।
उहाँहरूको जस्तै आठ÷नौ वटा समूहले दैनिक खोलाबाट बालुवा झिेकेर बिक्री गर्ने गर्छन् । हिउँदे बाली लगाइसकेपछि र धानको बीउ राख्नु अघि केही काम हुन्न । त्यो समयको सदुपयोग हुने दुई चार पैसा आम्दानी पनि हुने भएकोले कडा मेहन गरेको अर्को समूहका बावुलाल सरदारले बताउनु भयो । सरदारले भन्नुभयो –यो खोलामा स्कावेटर प्रवेशमा रोक लगाइएको छ । त्यसैले मान्छेले काम पाएका हुन् । उहाँले खोलो गहिरिएर गएपछि रोजगार पाए पनि कटानको जोखिम बढेको बताउनु भयो ।
पूर्व तर्फ रङ्गेली नगरपालिकाको वडा नंं १को सगरदिना पर्छ भने पश्चिम तर्फ ग्रामथान गाउँपालिकाको वडा नंं ४ मर्चनिया पर्छ । मर्चनियातर्फ कटान लागि सकेको छ । मर्चनियाका शिवकुमार माझीले भन्नुभयो – हामीले खोला ठेक्का नलगाउनु भनेको रङ्गेली नगरपालिकाले हरेक वर्ष लगाउँछ , खोलाको कटानले क्षति हामीलाई हुन्छ ।



Share via
Send this to a friend