Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी ।  माेरङ १ र ३ का संघीय सांसद डिगबहादुर लिम्बू र डाक्टर सुनील शर्माले माेरङकाे पथरीशनिश्चरे २ र उर्लाबारी ३ काे सिमाना भएर बग्ने सुनझाेडा खाेलामा पुलकाे शिलान्यास गर्नुभएको छ ।

 शनिवार संघीय सरकारकाे ५ कराेड ७०लाख रुपैयाँमा बन्ने माेटरेवेल पुल डेढ वर्षभित्र बनिसक्नेछ । नेपाली कांग्रेस पथरीशनिश्चरे २ नगरसमितिले आयाेजना गरेको कार्यक्रममा पुलकाे शिलान्यास गर्दै पुर्व मन्त्री डिकबहादुर लिम्बूले स्थानीय वासीकाे सहयोग भए निर्धारित समयमा पुल बन्ने उल्लेख गर्नुभयो ।लिम्बूले राज्य ऋणमा परेको विषयमा नागरिकको चिन्ता बढेको भएपनि नागरिकले याे विषयमा चिन्ता लिनु नपर्ने बताउनुभयो ।प्रमुख अतिथि समेत रहनु भएका लिम्बूले राष्ट्रिय आवश्यकताले कांग्रेस र एमाले बिच गठबन्धन भएको बताउनुभयो ।

नेपाली कांग्रेस २ नम्बर वडा समितिका सभापति लाेकनाथ अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा माेरङ३ का सांसद डाक्टर सुनील शर्माले विकास निर्माणका काममा दल भन्दा माथि उठेर काम गर्ने बताउनुभयो । उहाँले माेरङ १ सँग सिमा जाेडिएकाे याे पुल संयुक्त पहलमा बजेट ल्याई निर्माण तहमा पुगेको बताउनुभयो ।

कार्यक्रममा काेशी प्रदेश सभाका सांसदहरू मानबहादुर लिम्बू ,शाेभा पालुङ्गवा,गीता तिम्सिना, विद्या चाम्लिङ राई,उर्लाबारीका नगर प्रमुख गंगाप्रसाद खरेल,पथरीशनिश्चरेका नगर प्रमुख माेहनप्रसाद तुम्वापाे लगायत राजनीतिक दलका नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।

पुल  विराटनगरको कार्की बन्धु कन्स्ट्रक्सन प्रालिले पाँच करोड ७० लाखमा निर्माण गर्नेगरी सम्झाैता भएको छ । ३० मिटर लम्बाईको याे पुल दुई लेनकाे हुनेछ ।

 



Share via
Send this to a friend