लेटाङ। उत्तरी मोरङको लेटाङ ७ कुम्लेमा चट्याङ लागेर एक हलगोरु मरेका छन् । आइतबार बिहान पानी सहित चट्याङ लामो समयसम्म चट्याङ परेको थियो ।
बिहान २ बजेतिर कुम्लेका दलबहादुर लिम्बूले गोठमा बाँधेका हल गोरू चट्याङको झट्का लागेर मरेको लेटाङ ७ कि महिला वडा सदस्य पूर्णमाया राईले बताउनु भयो । वडा सदस्य राईका अनुसार घर नजिकै बाहिर खुल्ला रुपमा बाँधेका चार वटा पशु मध्ये हल गोरू मात्र मरेका हुन् ।
दलबहादुर लिम्वूका छोरा इन्द्र लिम्वूले खेत जोत्ने समयमा गोठका हल गोरू मर्दा ८५ हजार रुपियाँ क्षति भएको छ । कुम्ले लेटाङको पहाडी गाउँ हो ।
























