Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद काेइराला

लेटाङ । माेरङकाे लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि  ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेट ल्याएको छ ।

मङ्गलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ  १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपियाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले ससर्त वाहेक विषयगततर्फ सबै भन्दा वढी बजेट शिक्षामा १ करोड ८३ छुट्याएको छ । यस्तै  एकवडा एक गाैरवकाे याेजनाका लागि ५ कराेड ८५ लाख रुपियाँ ,कृषि विकासका लागि ५० लाख ,पशुपंक्षी विकासका लागि ६१ लाख ४५ रुपियाँ विनियोजन गरेको छ ।यसैगरी जलस्रोत तथा सिंचाइका लागि ९३ लाख,खेलकुदका लागि ३० लाख ८० हजार,विपद ब्यवस्थापनमा ६० लाख,चुरे संरक्षणका लागि १० लाख ७५ हजार र वन संरक्षण अनुदानमा अनुदान १० लाख ५० हजार रुपियाँ विनियोजन गरिएकाे छ । वडालाई नगरले ५ कराेड ८५ लाख रुपियाँ विनियोजन गरेको छ ।

नगरकाे सामाजिक विकासमा सबैभन्दा बढी २६ कराेड ७५ लाख २७ हजार ८ सय रुपियाँ छुट्याइएको छ  ।

नगरकाे आम्दानी तर्फ आन्तरिक आयबाट २ कराेड ७२ लाख ३५ हजार ,दहत्तर बहत्तर २ कराेड १० लाख, गत वर्ष खर्च नभएको अल्या २ कराेड ५० लाख ,संघीय सरकार राजश्व वाँडफाँड ११ कराेड ८३ लाख २२ हजार २ सय ,प्रदेश राजश्व वाँडफाँट ८५ लाख ५० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै मालपोतबाट १ कराेड २५ लाख ,मनाेञ्जन करबाट १२ लाख ५०हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।संघ र प्रदेश सरकारले दिने समपुरक ,समानीकरण अनुदान समेत गरी कुल ६१ कराेड ६ लाख २८ हजार २ सय रुपियाँकाे आम्दानी अनुमान गरिएको हाे । नगरप्रमुख भूपेन्द्रकुमार लावतीकाे अध्यक्षतामा भएको बजेट केही संसाेधन गरी मङ्गलबार नै पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।



Share via
Send this to a friend