Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । थोरै मेहनत र परिश्रम गर्ने हो भने गाउँमा सौन्दर्य भर्न ठूलो आर्थिक लगानी गर्नु पर्दैन भन्ने उदाहरण मोरङको उर्लाबारी –९ डाँडाटोलका ५८ वर्षीय हर्क थेवेले प्रस्तुत गर्नु भएको छ ।
थेवेको एकल प्रयासमा पछि स्थानीय बासिन्दाले पनि सहयोग गर्दा उर्लाबारी ९ को आमबारी बजारबाट दक्षिण डाँडाटोल सडक खण्डमा तस्विर खिचाउन जानेको भीड लाग्न थालेको छ । चिल्लो कालापत्रे सडकको दुबै तर्फ ढकमक्क फुलेको असारे फुलले यतिबेला स्थानीय मात्रै होइन त्यो बाटो भएर हिड्ने जो कोहीलाई एकछिन सवारी साधन रोकेर तस्बिर कैद गर्न मनलाग्छ। ३ वर्ष अघि ५८ वर्षीय हर्क थेवेले नीजि लगानीमा सडकको दुबै तर्फ माटो पुराउनु भयो । उसबेला स्थानीयले हाँसी मज्जा गरे । कसैकसैले बिरोध पनि जनाए । तर, हर्कको सपना थियो आमबारी देखि डाँडाटोलसम्म असारे फूलाउने । उहाँले एकल लगानीमा अढाई लाख रुपियाँ खर्च गरेर माटो पुराउनु् भयो । त्यसपछि फूलका बिरुवा रोप्नुभयो । बिरुवा रोप्न छिमेकीहरूले पनि सघाउनुभयो । तीन वर्ष लगातार फूलका बिरुवामा मल जल , गोडमेल सबै हर्कले नै गर्नुभयो । यतिबेला असोर फूल ढकमक्क फूलेको छ ।
हर्क थेवेले भन्नुभयो – सडकका विजुली पोलमा पशु चौपाय बाँध्ने,फोहोर गर्ने,बिस्कुन सुकाउने ,निर्माण सामग्री राख्ने जस्ता गतिविधिले चिल्लो सडकको सौन्दर्य गुमेको थियो । त्यसैले स्थानीय साथीहरूको सल्लाह मै मैले फुल रोप्ने योजना बनाएँ । कसै कसैले बिरोध पनि गर्नुभयो । कसैले हाँसेर उडाउनुभयो । तर, मैले मेरो काम छोडिन । अहिले फूूलमा मानिसहरू झुमिएको देख्दा हर्क मात्र होइन । गाउँका सबै जना खुसी हुनुहुन्छ ।
थेवेको परिवारका धेरै जसो सदस्य देश बाहिर हुनुहुन्छ । श्रीमती ,छोरा–छोरीले घरखर्च गर्न पठाएको पैसाले उहाँले सडकको दुबै तर्फ माटो भर्नु भएकाे हो । त्यसपछि छिमेकीहरूले पनि सहयोग गर्नुभयो । हर्कले फुलका बिरुवा आफैं नर्सरीम हुर्काउनुभयो । सेतो,वैजनी,रातो,गुलावी रङका फुल अहिले फुलेका छन् ।पहेलो र नीलो रङका बिरुवाहरू हुर्किदैछन् ।
फूूल फूूल्न थालेपछि यतिबेला डाँडाटोलबासीहरू गाईवस्तु सडक किनारमा बाँध्दैनन । न त अनाजको बिस्कुन नै सुकाउँछन् । हर्कले भन्नुभयो – अहिले सबैको साथ पाएको छु।



Share via
Send this to a friend