Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नंं २को साना किसान टोलमा २०७३ जेठमा निर्माण सुरु भएको सामूदायिक शीत भण्डार केन्द्र नौ वर्षमा निर्माण सम्पन्न भएको छ ।
०६९ सालमा जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड मोरङले जग्गा खरिद गरी ०७३ मा शीत भण्डार निर्माण गर्न थालेको थियोे । शीत भण्डारमा जिल्लाका साना किसान कृषि सहकारी संस्था र कृषि सहकारी संस्थाहरूको संयुक्त लगानी रहेको छ । छाता संस्था जिल्ला कृषि सहकारी सङ्घले समेत लगानी गरी सहयोगी संस्था जुटाएर निर्माण सुरु गरेको शीत भण्डार लामो समयसम्म आर्थिक स्रोत नजुटेपछि अलपत्र भएको थियो । चालु अर्थिक वर्षमा कोशी प्रदेश सरकारले शीत भण्डार पुरा गर्न ३० लाख रुपियाँ अनुदान दिएपछि निर्माण सम्पन्न भएको हो ।
शीत भण्डार केन्द्र ८० टन क्षमताको हो । जिल्ला कृषि सहकारी सङ्घ लि. मोरङका सल्लाहकार जेवी कोइरालाका अनुसार ऊँ नेशनल रेफ्रिरेसनले शीत भण्डार केन्द्रको भित्री काम गरिरहेको बेला पैसा सकिएपछि बिगतमा काम रोकिएको जानकारी दिनुभयो ।
जिल्ला कृषि सहकारी सङ्घ मोरङमा आवद्ध ७७ वटा प्रारम्भिक संस्थाहरू मध्ये ३६ वटा संस्थाले शीत भण्डार निर्माण गर्न लगानी गरेका छन् । साना किसान सहकारीहरूले २० देखि २५ लाख रुपियाँ लगानी गरेका छन् । यस्तै कृषि सहकारीहरूले एक लाख देखि ८ लाख सम्म लगानी गरेका छन् ।
त्यसबेला ५० लाख रुपियाँमा निर्माण सम्पन्न हुने अनुमान गरिएको थियो । तर, ५० टनबाट ८० टन क्षमताको निर्माण गर्ने निर्णय भएपछि आयोजना सम्पन्न ७५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको थियो । १५ कट्ठा जग्गामा ३९ लाख रुपियाँ खर्च भइसकेको छ । प्रारम्भिक सहकारी संस्था ,प्रदेश सरकारको अनुदान र जग्गको मूल्य सहित शीत भण्डारमा झण्डै एक करोड रुपियाँ खर्च भएको सङ्घका पूर्व अध्यक्ष खगेन्द्रराज भण्डारीले बताउनु भयो ।
शीत भण्डार केन्द्र पार्किङ सहित २ कट्ठामा फैलिएको छ । आर्थिक अभाव कै कारण सङ्घले आफ्नो जग्गामा घेरावारा गर्न सकेको छैन् । यस अघि पनि शीत भण्डार सम्म विद्युत विस्तार सहितका काम गर्न बेलबारी नगरपालिकाले १० लाख रुपियाँ र तत्कालिन सहकारी डिभिजन कार्यालय मोरङले ४ लाख रुपियाँ अनुदान दिएको थियो ।
पूर्वोत्तर मोरङका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारण गर्न सजिलो होस भन्ने उदेश्यले सामूदायिक शीत भण्डार निर्माण गर्न सुरु गरिएको थियो । किसानका अनुसार नीजि शीत भण्डार केन्द्र किसान मैत्री छैनन । किसान ३÷४ बोरा आलु ,तरकारी , फलफूल बिराटनगर पु¥याएर राख्न सक्ने अवस्थामा छैनन्,महँगो पर्छ । ठूला क्षमताका शीत भण्डारले किसानको सानो परिमाणको फलफूल तथा तरकारी नराखिदिने भएकोले पूर्वोत्तर मोरङका किसानलाई लक्षित गरी कृषि सहकारीको सह लगानीम सामूदायिक शीत भण्डार ( कोल्ड स्टोर) निर्माण सुरु गरिएको पूर्व अध्यक्ष भण्डारीले बताउनु भयो ।



Share via
Send this to a friend