कानेपोखरी ।मोरङको कानेपोखरी–३ का १२ जना राप्रपामा प्रवेश गरेका छन् । शनिवार झापाको हल्दिवारी गाउँपालिका–१, गोलधापस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको निवासमा पुगेर उहाँहरू पार्टी प्रवेश गर्नु भएको हाे ।
राप्रपा मोरङका नेता एवम् प्रवक्ता पर्शु सुवेदी र कानेपोखरी गाउँपालिकाका सभापति तीर्थ गुरुङको नेतृत्वमा टोलि गोलधाप पुगेको हाे । सो अवसरमा नेपाली कांग्रेसका क्रियाशील सदस्यहरू लक्ष्मण कार्की, राम कार्की लगायत कुमार कार्की, रमिला तामाङ, सोम थापा, शुष्मा श्रेष्ठ, कुमारी शिवा राप्रपा प्रवेश गर्नु भएको प्रवक्ता पर्शु सुवेदीले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा कलाकार विनोद तामाङ (लामा)ले पनि राप्रपा प्रवेश गर्नुभयाे ।
लिङ्देन निवासमा आयोजित स्वागत कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशीहरूलाई फुलमाला र दाेसल्ला लगाएर पार्टीमा प्रवेश गराउनु भयाे ।पार्टी प्रवेश कार्यक्रममा राप्रपा जिल्ला अध्यक्ष गोपाल कटुवाल र कोशी प्रदेश सदस्य खगेन्द्र न्याैपानेको उपस्थिति रहेको थियो ।

























