Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मिक्लाजुङ । मोरङको मिक्लाजुङ–६ को मिल्लुक सामूदायिक वन उपभोक्ता समूहले संरक्षण क्षेत्र भित्र जङ्गली जनावरलाई आहाल तथा क्रिडास्थल बनाइ दिएको छ ।
डिभिजन वन कार्यालय मोरङको चार १४ हजार रुपियाँ अनुदान र स्थानीय उपभोक्ता समूहको ८४ हजार लागत सहभागितामा पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय मोरङका अधिकृत रामलखन ठाकुरका अनुसार मिक्लुक सामूदायिक वनमा पर्ने जैविक मार्ग भएर हात्ती ओहोर दोहोर गर्ने गरेका छन् । हात्ती लगायत अरु जङ्गली जनावरलाई आहाल र क्रिडास्थलको रुपमा पोखरी निर्माण गरिएको ठाकुरले बताउनु भयो । उहाँका अनुसार ५० मिटर लम्बाई २५ मिटर चौडाई ६ मिटर गहिराईको पोखरीमा हात्तीले मज्जाले आनन्द लिनसक्छ ।
भारतको पश्चिम बंगाल र असमबाट नेपाल छिरेका हात्तीहरू यो वर्ष अझैसम्म फर्किका छैनन । हात्तीलाई जङ्गल मै रमाउने वातावरण तयार गरिदिन जङ्गलमा ठूला ठूला पोखरी बनाउने, हात्ती मैत्री वनस्पतिहरू पिपल,डुम्री,बाँस, केरा लगायतको वृक्षारोपण गर्ने कार्यक्रम जिल्ला भरिका सामूदायिक वनले गरिरहेको डिभिजन वनका अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो ।



Share via
Send this to a friend