Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको पहलमा काठमाडौं मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ।

मोरङ जिल्ला, बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गरी जीवनदान दिएका हुन्। विगत सात वर्षदेखि गम्भीर कलेजो रोगबाट पीडित रहेकी रक्षाको जीवन अब सुरक्षित बनेको छ।

यो सफल कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा दोस्रो पटक सम्पन्न भएको हो, जसले नेपाली चिकित्सा इतिहासमा नयाँ कीर्तिमान थपेको छ।

सर्जरीको नेतृत्व कलेजो प्रत्यारोपण विशेषज्ञ डा. प्रविन विक्रम थापा, डा. रोशन घिमिरे, हेपाटोलोजिस्ट डा. सागर पौडेल, र एनेस्थेसियोलोजिस्ट डा. सुजता निरौला सहितको अनुभवी चिकित्सक टोलीले गरेका थिए।


“डा. शर्मा भगवान जस्तै बने” – बिरामीका पिता

रक्षाका बुबा भावुक हुँदै भन्छन्, “मेरो लागि डा. सुनिल शर्मा भगवान बन्नुभयो। हस्पिटलमा निःशुल्क उपचारको व्यवस्था गरी छोरीको जीवन जोगाइदिनुभयो। उहाँलाई मनदेखि नमन गर्न चाहन्छु।”


सांसद शर्मा : सेवामा समर्पित नेतृत्व

डा. सुनिल शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुन्। उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई पूर्ण निःशुल्क उपचार गराउने कार्य निरन्तर चलिरहेको छ।

उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ।



Share via
Send this to a friend