Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
उर्लाबारी । आर्थिक वर्ष २०८१÷२०८२ मा मोरङ जिल्लामा ३४८ वटा विपद्का घटनामा २१ जनाको मृत्यु भएको छ । जिल्लामा दश प्रकारका विपदजन्य घटना भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले दिएको तथ्याङ्क अनुसार जिल्लामा आगलागी ,बाढी,करेन्ट,चट्याङ,डुबान,सर्पदंश,जङ्गली जनावर वस्तीमा प्रवेश,लडेर,हावाहुरी र पहिरो लगायतका विपदबाट २१ जनाको मृत्यु भएको हो । जिल्लामा २१५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट तीन जनाको मृत्यु भएको छ,भने १४ जना घाइते भएका छन् ।यस्तै बाढीका १० वटा विपदबाट १३२ जना प्रभावित भएका छन् ।
कार्यालयको तथ्याङ्क अनुसार करेन्टका ३५ वटा घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।३६ जनालाई सर्पले डसेकोमा ६ जनाको मृत्यु भएको छ । यसैगरी जङ्गली जनावरले पटकपटक गरी ३२ पटक दुख दिएको छ । जसबाट १७ जना प्रभावित भएका छन् । भीरबाट लडेर एकजना घाइते भएका छन् । हावाहुरीले एकजनाको १० लाख मुल्य बराबरको कृषि उद्योगमा क्षति पु¥याएको छ ।डुवानका चार वटा घटना हुँदा ९१ जना प्रभावित भएका छन् । जिल्लामा तीन स्थानमा पहिरो खसेपनि पहिरोबाट एक स्थानमा ३० हजार बराबरको आर्थिक क्षति भएको तथ्याङ्क छ ।
२१५ वटा आगलागीका घटनाबाट ८३ करोड ६६ लाख १ हजार ६ सय मुल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।यस्तै जङ्गली जनावर वस्तीमा पसेर किसानले लगाएको अन्न बालि नष्ट गर्दा १२ लाख २४ हजार ५ सय रुपियाँ बराबरको क्षति भएको छ ।



Share via
Send this to a friend