Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मिक्लाजुङ । लामो खडेरी परेपछि मोरङको मिक्लाजुङ गाउँपालिका–२का किसानले नुनसरी–रचना–कालिदह सिँचाइ आयोजनाको कुलो मर्मत गरेर धान रोप्ने र सिंचाई गर्ने बन्दोवस्त मिलाएका छन् ।
मिक्लाजुङ–२ का वडाध्यक्ष बलबहादुर श्रेष्ठले असारको पहिलो सातापछि पानी नपर्दा जेठ अन्तिम तिर रोपेको रोपोमा धाँजा फाट्न थालेको बताउनु भयो । उहाँले भन्नुभयो – मक बालि निकालेर धान रोप्ने खेतमा पानीको अभावमा रोपाई हुन सकेको थिएन । पछिल्ला वर्षमा आकासे पानी कै भरमा रोपाई गर्दै आएका किसानले ६ वर्षयता कुला मर्मत गरेका थिएनन । बाढी र पहिरोले क्षति पु¥याएको कुलो स्थानीयवासीले १७ दिन श्रमदान गरेपछि सुचारु भएको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।
असार २५ गतेदेखि सुरु गरिएको श्रमदान अन्तर्गत कुलोको पहिरो हटाउने र झार उखेल्ने गरिँदै आएको छ । हाल नुनसरी खोलाको कुइनेटारदेखि करिब ३ किलोमिटर लामो कुलो मर्मत गरी पानी सञ्चालन सुचारु गरिएको छ ।
आयोजनाका अध्यक्ष केबी किरातले कुलो मर्मतका लागि स्थानीयले श्रमदान गरेर मात्र नसकिने बताउनु भयो । प्रविधि प्रयोग गरेर काम गर्ने हो ,काम छिटो हुन्थ्यो । उहाँले जेसीवी प्रयोग गर्न पाए वडा नंं २ र ६ को झोडासम्म सिंचाईको ब्यवस्था पु¥याउन सकिने बताउनु भयो । वडाध्यक्ष बलबहादुर श्रेष्ठले पुरै आठ किलो मिटर कुलो मर्मत गर्न सक्दा झण्डै चार सय बिघा जमीनमा सिंचाई पुग्न सक्ने जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा कुलो मर्मतका लागि आवश्यक बजेट छुट्याउने उहाँले बताउनु भयो ।
नुनसरी–रचना–कालिदह सिँचाइ आयोजनामा वडा नंं २ र ६ का ३ सय घरधुरी किसान आवद्ध छन् ।



Share via
Send this to a friend