Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी । मोरङको कानेपोखरी–७ का ५७ वर्षीय क्यान्सर पीडित डम्बरबहादुर राईलाई कानेपोखरी–७ बाट रोजगारका क्रममा हङकङ पुगेका नेपालीहरूले उपचार खर्च सङ्कलन गरी पठाइदिनु भएको छ ।
घाँटीको क्यान्सरको क्यान्सर भई हाल उपचार गराईरहनु भएका राईलाई हङ्कङमा सङ्कलन भएको दुई लाख ६८ हजार ८७५ रुपियाँ कानेपोखरी – ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले घर मै पुगेर प्रदान गर्नुभयो । कानेपोखरी–७ को मितेरी युवा क्लबको आह्वानमा हाल हङकङमा रहनु भएका देवनन्द गुरुङको पहलमा उक्त नगद सङ्कलन भएको क्लबले जनाएको छ । यो सहयोगसँगै क्लबले क्यान्सर पीडित परिवारलाई ६ लाख ७०१ रुपियाँ प्रदान गरिसकेको छ ।



Share via
Send this to a friend