Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

काठमाडौं । प्रतिनिधि सभा सदस्य  एवं नेपाली कांग्रेसका नेता माननीय डा. सुनीलकुमार शर्माले भदौ २३ र २४ गतेको आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालीन संकट समाधानका लागि अन्तरिम सरकार गठनदेखि संविधान संशोधनसम्मका ठोस कदम चाल्नुपर्ने बताउनु भएको छ ।

शुक्रबार जारी विज्ञप्ति जारी गर्दै सांसद शर्माले आन्दोलनमा मारिएका र घाइते भएका युवाहरु प्रति दुःख व्यक्त गर्दै “सहादत प्राप्त हुनु भएका सबैप्रति श्रद्धाञ्जली अर्पण  गर्नु भएको छ। उहाँले घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । यो पीडादायी क्षणलाई हामीले सुधारको अवसरमा रूपान्तरण गर्नुपर्छ।”

शर्माले हालको राजनैतिक अन्योलताका बीच मुलुकलाई संवैधानिक बाटोबाटै निकास दिनुपर्नेमा जोड दिनु भएको छ। उहाँले आन्दोलनरत युवासमूह, सबै राजनीतिक दल, नागरिक समाज र संवैधानिक विज्ञहरूको सहभागितामा संविधान संशोधनमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने उल्लेख गर्नुभयाे।
शर्माले स्वच्छ  छविका व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सार्नु भएको छ।
यस्तै निर्वाचनसँगै संविधानिक राजतन्त्र र धर्मका विषयमा जनमत सङ्ग्रह गर्नुपर्ने , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्ने, एक व्यक्तिले दुई पटकभन्दा बढी राष्ट्रपति/प्रधानमन्त्री/मन्त्री हुन नपाउने व्यवस्था गर्ने राख्न सुझाउनु भएको छ।उहाँले विगतमा भएका राजनीतिक नियुक्तिका आधारमा पद पाएका न्यायाधीशलाई पदमुक्त गरी स्वतन्त्र निकायमार्फत न्यायाधीश नियुक्त गर्ने समेत आग्रह गर्नु भएको छ।
यस्तै स्वतन्त्र आयोग गठन गरी २०४६ सालपछि भएका सबै उच्च ओहोदाधारीको सम्पत्ति छानबिन गर्ने र अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने, राजनीतिक दलको पदाधिकारीहरुको कार्यकाल ४ वर्षमा सीमित गर्ने, अनिवार्य महाधिवेशन नगरेमा दलको दर्ता स्वतः खारेज हुनुपर्ने ब्यवस्था आवश्यक रहेकोमा जाेड दिनु भएको छ। संसदलाई अस्थायी रूपमा निष्क्रिय राखी, आवश्यक परेमा उच्चस्तरीय आयोगको सिफारिसमा मात्र विशेष अधिवेशन बोलाउनु पर्ने डाक्टर शर्माको माग छ।
शर्माले थप्नुभयाे  “यो केवल सरकारको संकट होइन, प्रणालीगत संकट हो। अब दलहरूले छलकपट र दाउपेच त्यागेर इमानदारीपूर्वक नयाँ बाटो रोज्नुपर्छ। युवाको सपना, आमजनताको अपेक्षा र लोकतान्त्रिक मूल्य सुरक्षित गर्न हामी सबैले संविधानभित्रको बाटो अपनाउनुपर्छ।”
उहाँले राष्ट्रपतिलाई, आन्दोलनरत युवाहरूलाई, राजनीतिक दलहरूलाई र नागरिक समाजलाई “राष्ट्रिय एकता, संयमता र मेलमिलापमार्फतै मुलुकलाई निकास दिन” आह्वान गर्नु भएको छ । डा. शर्मा प्रतिनिधिसभाका तलब–भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ   । देशभर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आउनु भएका शर्मा  यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर गरिरहनु भएको छ ।

हालै उहाँले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गर्नु  भएको छ  ।



Share via
Send this to a friend