Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित महारुद्र शिवालय मन्दिरले फागुन ६ गते देखि १४ गतेसम्म श्री श्री अष्टादश महापुराण गायत्री मन्त्रात्मक लक्षहवन महारुद्राभिषेक धनधान्याञ्चल विराट ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।
शनिवार आयोजक महारुद्र शिवालय मन्दिरले पत्रकार सम्मेलन गरी महायज्ञका बारेमा जानकारी गराएको हो । २६ जना आचार्यहरूबाट अलग अलग ब्यासमा वाचन हुने महापुराणमा दैनिक पाँच हजार अनुयायीको सहभागी हुने अनुमान गरिएको छ । झण्डै ६० लाख खर्च हुने विराट यज्ञपछि महारुद्र शिवालय मन्दिर धामको रुपमा परिणत हुनेछ । प्रमुख आचार्य नीलकण्ठ घिमिरेले भन्नुभयो–‘१८ पुराण वाचन भएको स्थान तीर्थ वा धामका रुपमा परिणत हुने वैदिक विधि छ ।
महापुराण ज्ञानयज्ञ आयोजना गर्न पाँच सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ भने ६१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । मोरङ जिल्लामा पहिलो पटक आयोजना हुन लागेको यज्ञमा दैनिक ४४ जना कर्ता,सय जना जति गुरु,आचार्य र तीन हजार जनाले भोजन ग्रहण गर्नेछन् । मन्दिर सञ्चालक समितिका अध्यक्ष चिन्तामणि पौडेलले मन्दिरको रजत जयन्ती समारोहका अवसरमा महायज्ञको आयोजना गर्ने तयारी भएको जानकारी दिनुभयो । हालसम्म सहयोगी मनले झण्डै एक हजार मन धान सहयोग गरिसक्नु भएको छ । उहाँले कसैसँग पनि जवरजस्ती नमागिएको बताउँदै हालसम्म जति सहयोग भएको छ , त्यो स्वतः स्फुर्त भएको जानकारी दिनुभयो । २०५७ सालमा स्थापना भएको मन्दिरले हरेक वर्ष एउटा पुराण लगाउँदै आएको थियो । द्वन्द्व कालमा केही वर्ष र कोभिडको बेला दुई वर्ष पुराण आयोजना भएको थिएन ।
पुराण सनातन धर्मको रक्षा र विश्व शान्तिको कामना गर्दै आयोजना गर्न लागिएको हो ।



Share via
Send this to a friend