माेरङ। माेरङ ३ मा नेपाली कांग्रेसका उमेदवार डाक्टर सुनीलकुमार शर्मालाइ नायिका रेखा थापाले समर्थन जनाउनु भएकाे छ । एक टेलिभिजन कार्यक्रममा थापाले शर्मालाइ सघाउने बताउनु भएकाे हाे । २०७९ काे प्रतिनिधि सभा निर्वाचनमा माेरङ ३ बाटै राप्रपाकाे उमेद्वार बनेर १० हजार ९९८ मत प्राप्त् गर्नु भएकी नायिका थापा हाल राजनीतिमा सक्रीय हुनुहुन्न । त्यसबेला राप्रपाले नाै हजार ३७२ समानुपातिक मत पाएकाे थियाे ।
थापाले सुनील दाइले पुन जित्नु पर्छ भन्दै उहाँ जस्ताे पराेपकारी ब्यक्ति पराजित भए माेरङ ३ का बासिन्दालाइ ठूलाे क्षति हुने बताउनु भयाे । उहाँले अाफ्नाे हातमा हुने भए निर्विराेध जिताउने थापाकाे भनाइ छ । डा. सुनीलले कसैलाइ दल नसाेधिकन सहयाेग गरिरहेकाे बताउँदै उहाँले डाक्टल सुनीलले चुनाब जितेपछि मेराे पनि काम उहाँले गर्ने बताउनु भयाे । थापा माेरङकाे सुन्दरहैँचा निवासी हुनुहुन्छ ।

























