Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा कोशी प्रदेश नृत्य निर्देशक सङ्घका पदाधिकारी र सदस्यको सपथ ग्रहण तथा पदस्थापना भएको छ । बैशाख १७ गते भएको कोशी प्रदेशको प्रारम्भिक साधारण सभाले सर्वसम्मत पदाधिकारी र सदस्यहरू चयन गरेको थियो ।
सुन्दरहरैँचा १० स्थित सिद्धार्थ स्कुलमा शनिवार भएको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले सपथ ग्रहण गराउनु भएको हो ।प्रारम्भिक साधारणसभाले अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेतलाई चयन गरेको थियो । सङ्घको उपाध्यक्षमा ईश्वरीप्रसाद सिग्देल, देबराज खड्का, विमल नेपाल, सचिवमा लालबहादुर शङ्कर, सहसचिवमा मिथुन ठाकुर, कोषाध्यक्षमा गीता पौडेल, सह कोषाध्यक्षमा मनोज राजवंशी चयन हुनु भएको छ । यस्तै प्रदेश समितिको सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरी, तेज मगर, विशाल रसाइली, रमन दाहाल र सुमन योगी चयन हुनु भएको थियो । समितिमा कोशी प्रदेशका ८ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।
कार्यक्रममा बोल्दै सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले कोशी प्रदेशको सांस्कृतिक र जातीय पहिचान झल्काउने नृत्यलाई प्रबद्र्धन गर्न आग्रह गर्नुभयो । सबै जात जातिका सांस्कृतिक नृत्यहरूको संरक्षणमा प्रदेश समिति क्रियाशील रहनु पर्ने बताउँदै उहाँले नृत्य कलाले जातीय पहिचानको जगेर्ना गर्ने उल्लेख गर्नुभयो ।
‘नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा प्रदेश अध्यक्ष राजु बस्नेतले मोरङका अध्यक्ष इन्द्रजित मगर,सुनसरी अध्यक्ष मणिकुमार लिम्बू , झापा अध्यक्ष अमन गुप्ता र इलामको अध्यक्षमा संकोच मगरलाई पद तथा गोपनीयताको सपथ गराउनु भयो ।



Share via
Send this to a friend