Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१।०८२ का लागि १ अर्व ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
बुधबार नगरको १२ ओैं नगरसभामा उपप्रमुख मीनाकुमारी खतिवडाले प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको हो । उपप्रमुख खतिवडाले प्रस्तावित गर्नु भएको बजेट आर्थिक वर्ष ०८०।०८१ को भन्दा ८ करोड ३१ लाख ८१हजार ५०२ रुपियाँले घटी हो । आव २०८०।०८१ मा प्रस्ताव गरिए भन्दा ८ करोड ७७ लाख १६ हजार ४७ रुपियाँ मात्र वास्तविक आय गरेको नगरपालिकाले चालु खर्च तर्फ ५६ करोड८३ लाख ८१ हजार ७१९ रुपियाँ बिनियोजन भएकोमा ६३.६८ प्रतिशत अर्थात ३६ करोड १९ लाख ८१ हजार ५०९ रुपियाँ खर्च गरेको छ । यस्तै पुँजीगत खर्च तर्फ ५६करोड ६४ लाख ४३ हजार २८३ रुपियाँ बिनियोजन भएकोमा ५९.०५ प्रतिशत अर्थात ३३ करोड ७० लाख ५९ हजार ५१५ रुपियाँ खर्च गरिएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०।०८१ मा २१ करोड ६९ लाख ४४ हजार ११४ रुपियाँ आन्तरिक आम्दानी गरेको छ ।
चालु आवका लागि नगरले संघीय सरकार वित्तीय समानीकरणबाट १६ करोड २१ लाख,संघीय सरकार विशेष अनुदान ३ करोड, संघीय सरकार ससर्त अनुदान ४५ करोड ८४ लाख ,संघीय सरकार समपुरक अनुदान १ करोड ५० लाख ,संघीय सरकार वन रोयल्टी ३७ लाख ,विज्ञापन करबाट ३ लाख ५० हजार प्रदेश सरकारबाट वित्तीय समानीकरण १ करोड १३ लाख १८ हजार ,प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख ,प्रदेश सरकार सवारी साधन करबाट प्राप्त हुने ९७ लाख ७५ हजार ,प्रदेश सरकार ससर्त अनुदान ५८ लाख २ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै मुल्य अभिवृद्धि करबाट प्राप्त हुने बाँटफाँडबाट १० करोड ,जनसहभागिता बाट १ करोड ९० लाख र आन्तरिक आम्दानी तर्फ ९ करोड ९१ लाख ८७ हजार गरी कुल १ अर्व ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरिएको छ ।
खर्च तर्फ प्रशासनिक खर्च १४ करोड ९१ लाख ६० हजार ,नगर गौरवको आयोजनाका लागि १ करोड,समपुरक कोषका लागि २ करोड,भवन निर्माण १ करोड,विपद् ब्यवस्थापन १ करोड २५ लाख ,नगरपालिका विशेष क्षेत्रगत योजना तथा कार्यक्रम २७ करोड ४७ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ ।नगरले चालु खर्च ४२ करोड ८१ लाख १० हजार अर्थात बजेटको ४०.७१ प्रतिशत र पुँजीगत तर्फ ६२ करोड ३५ लाख ३३ हजार ५ सय रुपियाँ अर्थात ५९.२९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।
नगरले हरेक विद्यालयमा मनोपरामर्शदाता नियुक्ति गर्ने,किसानलाई अनुदानको ब्यवस्था गर्ने,बैदेशिक रोजगारबाट फर्किएकाहरूलाई विशेष कार्यक्रम ,गर्भवती महिलाको घर घरमा पुगेर स्वास्थ्य परीक्षण लगायतका कार्यक्रम ल्याएको छ ।
नगरप्रमुख गंगाप्रसाद खरेलको सभापतित्वमा भएको १२ अधिवेशनमा कोशी प्रदेश सभासदस्य विद्या चाम्लिङ राईले शुभकामना राख्नु भएको थियो ।



Share via
Send this to a friend