Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडाैं । समाजसेवाबाट नेपाली राजनीतिमा उदाउनु भएका नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले साउन महिनाभर पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएकाे छ ।

बुधबारदेखि सुरू भएकाे याे शिविर लगातार साउन महिनाभर सञ्चालन हुने माेरङ ३ का सांसद एवम् कांग्रेु नेता सुनीलकुमार शर्माले बताउनु भयाे । उहाँका अनुसार यो महिनाभर सात जना विशेषज्ञ चिकित्सकको टिमले निःशुल्क उपचार गर्नेछ ।
चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने छ । कोटिहोम साउन महिनाभर चल्नेछ ।
डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



Share via
Send this to a friend