Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि कोइराला
बेलबारी/ मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जिवित संग्राहालय ( षिभ mगकभगm) र होमस्टे (घरवास ) निर्माण गर्ने भएको छ ।
मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारी सहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समूदायको रितिरिवाज, परम्परा, भेषभुषा, खानपान र संस्कृति देख्न सकिने गरी धिमाल जिवित संग्राहलय निर्माण गर्न लागिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समूदायको राजधानी मानिन्छ । ११६ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो । उहाँका अनुसार माटी गाउँका १० घर होमस्टेका लागि छनौट भएका छन् । होमस्टे,धिमाल जिवित संग्राहालय र सामूदायिक भवन निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०८०÷०८१ मा २० लाख रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमले डिपीआर निर्माण र देशका प्रमुख जातीय होमस्टेको स्थलगत अध्ययन भ्रमण भएको जोगेन्द्रले बताउनु भयो । उहाँले भन्नुभयो –मेघौलि चितवनको थारु होमस्टे, लमजुङको घलेगाउँ होमस्टेको अध्ययन भ्रमण पछि हामीले पनि केही कुरा सिकेर आएका छौं । होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन ,चुल्होचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार सिर्जना समेत हुने रहेछ । कुनै समय झापा र मोरङका भुमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समूदायलाई आर्थिक रुपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताउनु भयो । धिमालले भन्नुभयो– मेरो ३ बिघा जग्गा थियो । अहिले भुमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छ ।
धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल संग्राहालय निर्माण गरिने जोगिन्द्र धिमालले बताउनु भयो । बेलबारी –१० माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको ९ कट्ठा जग्गामा संग्राहालय र सामूदायिक भवन निर्माण हुनेछ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देश मै पहिलो पटक धिमाल जातिको जिवित संग्राहालय निर्माण गर्न लागेका बताउनु भयो । एउटा जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस भनेर यो कार्यक्रम ल्याएका हौं । उहाँले भन्नुभयो – धिमाल समूदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन । स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्नेछ । आर्थिक वर्ष ०८१÷०८२मा पनि यो कार्यक्रमका लागि बजेटको सुनिश्चितता गरिएको नगर प्रमुख राईले बताउनु भयो ।
स्थानीय लक्ष्मीमाया,सूर्यमाया,पदम,नगेन्द्र र शोभा धिमालले होमस्टे सञ्चालन गर्ने जिम्मा लिनु भएको छ । यस्तै मेघनाथ,सकेन्द्र,ताराबहादुर ,सुशिला र उषा धिमालले हामेस्टे सञ्चालन गर्नु हुनेछ । होमस्टेमा धिमाल संस्कृतिका खानाहरू चिचिरीभात,बगिया,गेन्द्रो,चुदुर,तोये,केयाम खान पाइनेछ ।



Share via
Send this to a friend