Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
बेलबारी ,। मोरङको केरावारी –९ स्थित ओसिएस स्मार्ट एग्रो फार्मले मासिक ५ हजार किलो भर्मि कम्पोष्ट मल उत्पादन गरिरहेको छ । बजारमा माग उच्च भए पनि माग अनुसार उत्पादन गर्न नसकेको सञ्चालक समेत रहनु भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताउनु भयो ।
कार्यालय बिदा हुनासाथ आफ्नो फर्ममा पुग्नु हुने सहायक प्रजिअ साहले २ वर्ष अघि स्थानीय गणेश थापासँग साझेदारीमा एग्रो फार्म सुरु गर्नु भएको हो । साहले भन्नुभयो – ७० लाख रुपियाँ कृषि कर्जा लिएर सुरु गरेको फर्मले पहिलो वर्ष नै आशा जगाएको छ । ५० हजार केजी भर्मी कम्पोष्ट मल बिक्रीको तयारीमा छौं । कृषकबाट राम्रो माग भएको छ । मासिक ५ हजार किलो उत्पादन भइरहेको भर्मी कम्पोष्ट बजारमा पाँच किलोलाई १५० रुपियाँमा बिक्री भइरहेको छ । अहिले १५ वटा डुढ मध्ये आठ वटामा भर्मी उत्पादन भइरहेको छ । माग अनसार उत्पादन गर्न सके सबैभन्दा राम्रो आम्दानी भर्मी मलले दिने फर्मका साझेदार गणेश थापाले बताउनु भयो । थापाले भन्नुभयो –भर्मी मल उत्पादनका लागि गोवर मलको अभाव भएको छ । त्यसैले गाईपालन बिस्तार गरेर २० वटा सम्म पाल्ने तयारी भइरहेको छ । एउटा ठूलो डुढमा गोबर मल हालेर गड्यौला छोडिदिएपछि गड्यौलाले गोबरलाई खाएर दानादार मलको रुपमा बिष्ट्याउँछन् । त्यही बिष्टालाई भर्मी कम्पोष्ट मल भनिन्छ ।
त्यसो त साह र थापाले फर्ममा भर्मि कम्पोष्ट मात्र उत्पादन गर्नुहुुन्न । ३ बिगाहा जग्गा लिजमा लिएर सुरु गरेको फर्ममा हाल मल उत्पादनसँगै ८ सय बिरुवा ड्रयागन फ्रुट,कम्पोष्ट मलका लागि स्थानीय जातका तीन माउ गाई, १९ वटा बोयर बाख्रा, ५ वटा बँदेल, १०/१२ वटा खरायो, २ सय जति हाँस ,कुखुरा रहेका छन् । पहिलो लटमा ड्रयागनका २३० बिरुवा रोप्नु भएका साहले यो वर्ष मात्र ५ लाख रुपियाँको ड्रयागन फल बेच्ने लक्ष्य रहेको बताउनु भयो ।
त्यति मात्र होइन ,फर्ममा तरकारी,फूल, अम्वा, एप्पलबयर,अनार, मेवा,अंगुर, कुरिलो, टमाटरको पनि ब्यावसायिक उत्पादन भइरहेको छ ।
ब्यापारीलाई बिक्री गर्दा भन्दा आफैं कृषि एम्बुलेन्स प्रयोग गरेर गाउँ गाउँ डुलेर बिक्री गर्दा राम्रो आम्दानी हुने साहको बुझाई छ ।
प्रति बिघा वार्षिक ५५/६० हजार रुपियाँ आम्दानी दिने खेत मासेर साह र गणेश थापाले कृषि फर्म खोलेपछि केरावारी–९ घङ्गरुको पहिचान बदलिएको छ । फर्म खुलेसँगै स्थानीय ३ जनाले पूर्णकालिन रोजगार पाउनु भएको छ भने आवश्यक पर्दा ज्यालादारीमा ६÷७ जनाले रोजगार पाउँछन् । फर्ममा शनिवार र बिदाको दिन सहायक प्रजिअ साह पुग्ने गर्नुहुन्छ । साहले भन्नुभयो – कृषि क्षेत्रमा सम्भावना देखेर यस क्षेत्रमा प्रवेश गरेको हुँ । अरु बेला श्रीमती र साझेदार साथीले आलोपालो रेखदेख गर्नहुन्छ । आफ्नो लगानीको सुरक्षा आफैले नगरे कसले गर्ने उहाँले प्रचारका लागि भन्दा पनि कृषिमा कम्पोष्ट मलको प्रयोग बढाउने र दुई चार पैसा पनि कमाउने उदेश्यले लगानी गरेको बताउनु भयो ।
फर्ममा हालसम्म १ करोड लगानी भइसकेको छ ।हाल प्राप्त आम्दानी कामदारलाई तलब दिने र बचेको सबै रकम फर्म मै लगानी भइरहेको थापाको भनाई छ । अबको वर्षदिन भित्र दूध उत्पादन सुरु हुनेछ । त्यसका लागि पुर्वाधार तयार भइरहेको छ । दूध पनि बिक्री गर्ने कम्पोष्ट मलको उत्पादन पनि दोब्बर बढाउने उदेश्यले गाईपालन बिस्तार गर्न लागिएको थापाले बताउनु भयो । न



Share via
Send this to a friend