Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

मिक्लाजुङ । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको पहलमा ईलाका प्रहरी कार्यालयलाई नयाँ सवारी साधन उपलब्ध गराइएको छ ।
इलाका प्रहरी कार्यालय मधुमल्लाले सञ्चालन गरिरहेको गाडी पालिकाले मर्मत गरेर चलिरहेको थियो ।पालिकाले मर्मत खर्च धान्न नसक्ने भएपछि गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले नै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर र राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग समन्वय गरी गाडी उपलब्ध गराएको हो । इलाका प्रहरी कार्यालय मधुमल्लाको एकमात्र गाडी मर्मत हुन नसक्ने अवस्थामा विगत डेढ वर्ष देखि ग्यारेजमा थन्किएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले भन्नुभयो – गाडी काम नदिने अवस्थामा थियो । हामीले पनि पटक पटक गाडी माग गरेका थियौं ।
पलिका कै पहलमा गाडीसँगै थप ४ जना प्रहरी जनशक्ति पनि थपिएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख प्रहरी नायव निरीक्षक माधव दाहालले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले उत्तरी मोरङको पहाडी भुभागमा गस्ती गर्ने विषय चुनौति पूर्ण छ । सधैं पालिकाले सहयोग गरेर सम्भव नभएपछि हामी आफैं गाडी माग्न गएका हौं, उहाँले भन्नुभयो ।
अध्यक्ष राईले स्थानीय सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । मोरङको पुराना इलाका प्रहरी कार्यालयमा अझैसम्म नयाँ गाडीको प्रबन्ध भएको छैन् ।



Share via
Send this to a friend