Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी नगरपालिकाद्वारा १५ किसानलाई नगद सहित सम्मान
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले शुक्रबार नगर क्षेत्रमा कृषि, पशु तथा पंक्षी पालन र माछापालन गर्ने उत्कृष्ठ १५ जना किसानलाई नगद १५ हजार सहित सम्मान गरेको छ ।
नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार शुक्रबार उत्कृष्ठ ब्यावसाय गर्ने १५ जना किसानलाई सम्मान गरिएको हो । सम्मानित हुने किसानमा तरकारी बालीमा सोमप्रसाद आचार्य,फलफूल खेतीमा महेश भण्डारी ,खाद्यान्न बालीमा सोभित कार्की र तेलहन बालीमा तेजबहादुर बस्नेत हुनुहुन्छ । यसैगरी घाँसखेतीमा नवराज दाहाल,च्याउ खेतीमा तीर्थराज न्यौपाने,मौरीपालनमा रमेश खड्का,गाईपालनमा रेवतीरमण कोइराला,बाख्रापालनमा रेवत थापा,बङ्गुरपालनमा चन्द्रजित फोम्वो,कुखुरापालनमा महेन्द्र दाहाल, र माछापालनमा श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ ।
नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले संयुक्त रुपमा किसानलाई सम्मान गर्नुभयो । नगरपालिकाको १४ औं नगरसभा समापनका अवसरमा नगरपालिकाले हरेक वर्ष उत्कृष्ठ किसानलाई नगद सहित सम्मान गर्दै आएको छ ।

 



Share via
Send this to a friend