Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी/थोरै लगानी र श्रमबाट उल्लेख्य आर्थिक लाभ लिन सकिने भएपछि जनाको समूह बनाएर मेलीफेरा मौरी पालन सहकारी संस्था गठन गरी त्यही संस्था मार्फत ब्यावसाय सुरु गरेका किसान अहिले स्वरोजगार बनिरहेका छन् ।हाल ९० किसान ब्यावसायिक मौरीपालनमा संलग्न रहेको संस्थाका अध्यक्ष बोधराज खतिवडाले बताउनु भयो । उहाँका अनुसार संस्थामा आवद्ध नभएका किसानको संख्या पनि लगभग २५ रहेको छ । खतिवडा आफैले १५ वर्ष अगाडि एकघार मौरीबाट ब्यावसाय सुरु गर्नुभएको हो । सात दिने तालिम लिएपछि ब्यावसाय शुरु गरेका खतिबडासँग अहिले १०० घार मौरी छन् ।
मङ्सिर देखि जेठ सम्म मौरीले मह उत्पादन गर्नेगर्छ । एउटा घारबाट एक पटकमा १० किलो सम्म मह उत्पादन हुनेगर्छ । खतिवडाका अनुसार मौरीको प्रति घार १० हजार रुपियाँ पर्छ । खतिवडाले शुरुमा चार हजार रुपियाँ लगानी गर्नु भएको थियो । त्यही चार हजार पूँजीको मूल्य अहिले १० रुपियाँ पुगेको खतिवडाको भनाई छ । १५ वर्षयता निरन्तर मह उत्पादनमा लाग्नु भएका खतिवडाले १ करोड भन्दा बढीको मह स्थानीय बजारमा विक्री गरिसक्नु भएको छ । आफ्नो खेतबारी नभएका तर ईच्छा शक्ति भएका जो सुकैले मौरीपालन गर्न सक्ने खतिवडाको भनाई छ ।
खतिवडा मात्र होइन, उर्लाबारी –४ का भोलाराज पोख्रेलको मुख्य पेशा नै मौरीपालन ब्यसाय हो । उहाँले लेकाली मौरीपालन उद्योग खोलेर ब्यावसायिक उत्पादन गरिरहनु भएको छ । उहाँले भन्नुभयो –‘गाईबस्तुलाई जस्तो मेहनत गर्नु नपर्ने । घरमा बसी बसी ब्यवसाय गर्न सकिने भएकोले यो ब्यवसाय सजिलो लाग्यो । ‘ जति उत्पादन भए पनि बजारको अभाव नभएकोले पोख्रेलले हरेक वर्ष मौरीको घार पनि बढाउँदै जानु भएको छ । १० वर्ष अघि उहाँले पाँचघार मौरीबाट ब्यावसाय सुरु गर्नु भएको हो । उहाँसँग अहिले ४० घार मौरी छन् । वार्षिक ८÷१० लाख रुपियाँ आम्दानी गर्न कुनै समस्या छैन् । वर्षातको समयमा मौरी बचाउन समस्या छ । पानी पर्ने मौसममा उनीहरू आफै खानेकुरा खोज्न जान सक्दैनन् । त्यस बेला चिनीको चास्नी दिएर मौरी बचाउनु पर्छ । मुख्य खर्च भनेको जेठ देखि असोज सम्म मौरीको आहार ब्यवस्थापन हो, पोख्रेलले भन्नुभयो ।
खतिवडा र पोख्रेल जस्तै उर्लाबारी –४ का सविन खड्का मौरीपादन ब्यवाियमा लाग्नु भएको ११ वर्ष भयो । अरु साथीहरूले ब्यावसाय फेरे, कोही बिदेश गए । तर, खड्का निरन्तर मौरीपालन ब्यवसायमा हुनुहुन्छ । उहाँले भन्नुभयो – सरकारी निकायले निर्यात जन्य उत्पादनलाई प्राथमिकतामा राखेर अझ बढी प्रचार प्रसार गरे किसानहरूमा ब्यावसाय प्रति आकर्षण बढ्ने थियो । पहिले–पहिले पूजाआजामा भगवानलाई चढाउन मात्र प्रयोग गरिने मह हाल आएर औषधि र भिटामिन प्राप्त गर्न जो कोहीले खान थालेकाले बजारको अभाव नरहेको खड्काको अनुभव छ । उहाँले भन्नुभयो–पछिल्लो समय महको उत्पादन बढेको छ । धेरै किसानले एकै पटक धेरै उत्पादन गर्दा बजारको अभाव हुन थालेको छ । देशमा प्रसस्त उत्पादन भएपछि बिदेशबाट ब्राण्ड लागेर आउने महको आयात बन्द गर्नु पर्ने खड्का बताउनु हुन्छ ।
उहाँले भन्नुभयो– सरकारले मौरीलाई चरण क्षेत्रको ब्यवस्थापन गर्न सके मोरङका किसानले हरेक वर्ष १२÷१३ करोड रुपियाँको मह निर्यात गर्न सक्ने थिए । गाउँघरमा छिमेकीहरूले मौरी पालेको देखे पछि अचेल मौरीपालनमा आकर्षण बढेको छ । उर्लाबारी–१ कि विन्दिया दनुवारले भन्नुभयो –दुई घारबाट मौरीपालन सुरु गरेको छु । अहिले गाउँमा एक÷दुई घार मौरी नपाल्ने कोही छैनन् । व



Share via
Send this to a friend