दिपेश रोक्का / मोरङको कानेपोखरी ४ स्थित वयरवन बजारमा प्रथम मिनि महोत्सव २०८१ काे आयोजना हुने भएको छ । मिनि महोत्सव जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुनेछ ।
महोत्सवबारे जानकारी दिन मङ्गलबार वयरवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक मातृभुमि समाजसेवा युवा क्लबले समाजमा लुकेर रहेको सांगितिक प्रतिभाहरु उजार गर्दै मौका र अवसर प्रदान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने , सामाजिक सद्भाव कायम गर्ने , सामाजिक विकाश कोष स्थापना गर्ने उदेश्यले २१ दिने मिनि महोत्सवको आयोजना गरिएको प्रथम वयरवन मिनि महोत्सव मेला प्रचार प्रसार समितीका संयोजक सन्दिप खत्रीले जानकारी दिनुभयाे ।
लोटस इन्टरटेन्डमेन्ट प्रालि दमकको व्यवस्थापनमा सञ्चालन हुने महोत्सव २४ गते सम्म चल्ने छ ।महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुले प्रस्तुति रहनेछ । 
महोत्सवमा मनोरञ्जनका लागि रोटेपिङ, ड्राइगन रेस लगायतका मनोरञ्जनातमक खेलहरु समावेश गरिने आयोजक क्लबका अध्यक्ष लिला बहादुर बुढाथोकीले जानकारी गराउनु भयाे । महोत्सव स्थल प्रवेशका लागि एक सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।

























