मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा। सुनिल शर्माले पार्टी नेतृत्वप्रति गहिरो प्रश्न उठाउँदै अबको दिशा स्पष्ट पार्न नेताहरूलाई आव्हान गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै ‘वरमेको गुणी पुत्रो न त मूर्खशतोऽपि वा’ भन्ने संस्कृत उक्ति उद्धृत गर्नुभयो र सयौँ स्वार्थी र दिशाहीन नेताको भिडभन्दा एकजना इमानदार, दूरदर्शी र राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता औँल्याउनुभयो।
डा.शर्माले बाह्रखरी अनलाइनमा प्रकाशित सुदर्शन आचार्यको लेखमा उठाइएका प्रश्नहरूलाई समर्थन जनाउँदै ती विषयहरू केवल लेखकीय चिन्ता नभई आम कांग्रेस कार्यकर्ताको ‘अन्तरदाह’ भएको बताउनुभयो। उहाँका अनुसार पार्टीभित्र फैलिएको बेथिति, गुटबन्दी, भ्रष्ट्राचार र नेतृत्वको अकर्मण्यताले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाइरहेको छ। उहाँले लेख्नुभयो— “गगन–विश्वजस्ता नेतामाथि प्रश्न उठ्नु भनेको केवल व्यक्तिविशेषको आलोचना होइन, यो त कांग्रेसभित्रको मौन पीडाको अभिव्यक्ति हो, जसले दललाई सिंगो राष्ट्रको दिशानिर्देशक बनाउने अवसर गुमाइरहेको छ।”
डा. शर्माले पार्टीका महामन्त्रीद्वय र समस्त पदाधिकारीहरूलाई स्पष्ट आग्रह गर्नुभयो— “न आँखा चिम्लेर समर्थन गरौँ, न अन्धो विरोधमै रमाऔँ। विगत सम्झौं, वर्तमानको मूल्याङ्कन गरौं र भविष्यप्रति प्रतिबद्ध बनौं।” उहाँको भनाइमा इमानदारी, विचार र जवाफदेहीतालाई आधार मानेर मात्रै नेपाली कांग्रेसलाई पुनर्जीवित गर्न सकिन्छ। पार्टीको आन्तरिक संरचना, विशेषगरी ८८नेविसंघ र तरुण दलमा देखिएको ‘हुक्का र ठेक्काको राजनीति’८८प्रति उहाँले कडा असन्तुष्टि जनाउनुभयो र प्रश्न गर्नुभयो— “यी संस्थामा महामन्त्रीहरूको हस्तक्षेप किन देखिँदैनरु”
उहाँले पार्टीलाई ‘असल कार्यकर्ताको खानी’ बनाउने संकल्प गर्न नेतृत्वलाई खुला चुनौती दिनुभयो। उहाँका अनुसार, “दस–बीस जना अघि–पछाडि लगाएर भाषण गरेर वा गुटकेन्द्रित राजनीति गरेर नेतृत्व जन्मिँदैन। अब खुलेर भन्नुस्— हामी देश निर्माणमा लाग्छौं।
डा। शर्माले कांग्रेसले फेरि बी। पी। कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता इमानदार र आदर्श नेताहरूको बाटो समात्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँको भनाइमा, “देशलाई अब ठूला भाषण होइन, सत्य, निष्ठा र प्रतिबद्धतामा अडिएका नेताको खाँचो छ।”
सामाजिक उत्तरदायित्वमा निरन्तर सक्रिय डा। शर्मा प्रतिनिधि सभामा सांसद रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुनुहुन्छ। उहाँले गम्भीर बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य निरन्तर गर्नुभएको छ, जसले उहाँलाई इमानदार र सेवा–भावनायुक्त राजनीतिज्ञको परिचय दिलाएको छ ।
























