Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हितविपरीत गतिविधि गरेको आरोपमा रुपन्देही–३ का उम्मेदवार गोविन्द काराखेतीलाई प्रलोपाले पार्टीबाट निष्काशन गरेको छ। उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति जारी गर्दै काराखेतीमाथि गरिएको कारबाहीबारे जानकारी दिएका छन्। विज्ञप्तिमा काराखेतीले पार्टी हितविपरीत व्यक्तिवादी गतिविधि गरेको उल्लेख गरिएको छ।

काराखेतीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै रास्वपाका उम्मेदवारलाई समर्थन गरेपछि प्रलोपाले उक्त निर्णय लिएको जनाइएको छ।



Share via
Send this to a friend