Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

विराटनगर ।नोबेल मेडिकल कलेज, विराटनगरमा पहिलोपटक काठमाडौं बाहिर कोक्लियर इम्प्लान्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। जन्मजात सुन्न नसक्ने बालबालिकालाई सुन्न सक्ने बनाइएको अवसरमा अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्यो।

कार्यक्रममा संचालक समितिका सल्लाहकार  सोइना शर्मा, अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, नाक-कान-घाँटी विभाग प्रमुख डा. मीनाक्षी बस्नेत र विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनको सहजीकरण महाप्रबन्धक श्री दीपेश राईले गर्नुभएको थियो।

डा. साह नेतृत्वको टोलीले सम्पन्न गरेको शल्यक्रियापछि बालबालिकाले श्रवणशक्ति प्राप्त गरेका छन्। कार्यक्रममा कोक्लियर इम्प्लान्टको प्रक्रिया, लाभ र नेपालमा यसको पहुँचबारे जानकारी दिइयो। साथै, सुन्ने समस्या भएका बालबालिकाको समयमै उपचार आवश्यक रहेकोमा जोड दिइयो।

शल्यक्रियाबाट लाभ लिएका बालबालिका तथा उनीहरूका अभिभावकले अनुभव साझा गर्दै उपचारपछिको जीवनमा आएको परिवर्तनप्रति खुसी व्यक्त गर्नुभयो। उपस्थित पत्रकारहरूको जिज्ञासामा डा. बस्नेत, डा. साह र डा. नेपालले उत्तर दिनुभयाे ।



Share via
Send this to a friend