बेलबारी ।नेपाली कांग्रेस मोरङ ३ को आइतबार बेलबारीमा बसेको क्षेत्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उमेदवारको नाम तय गरेको छ।
बेलबारीको ड्रिमल्याण्ड होटलमा भएको बैठकले निवर्तमान सांसद एवम् पार्टीका महासमिति सदस्य डाक्टर सुनीलकुमार शर्माको एकल नाम तय गरेको हो । क्षेत्रीय सभापति गणेशकुमार खड्काको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमिति ,प्रदेशका दुबै समितिका पदाधिकारी तथा सदस्य ,महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरूको उपस्थिति थियो । प्रतिनिधि सभाका लागि एकल नाम सिफारिस भए पनि समानुपातिक उमेद्वारको नाम सिफारिस भएन । नेपाली कांग्रेसले आगामी निर्वाचन र केन्द्रीय महाधिवेशनलाइ सँगसँगै लान नलाने अझै पनि निर्णाय भइसकेको छैन् । तर, पार्टीले उमेद्वार सिफारिस प्रक्रिया भने टुङ्याएको छ ।

























