Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी । एस्पिन पम्प्स मलेशिया नामक संस्थाले मोरङको कानेपोखरी–१ होक्लाबारीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहीबार विभिन्न शैक्षिक सामग्री सहित न्यानो सिरक वितरण गरेको छ ।
लामो समय देखि मलेशियामा काम गरिरहनु भएका स्थानीय बीरबहादुर सापकोटाले आफूले काम गर्ने कम्पनी मार्फत सहयोग जुटाइदिनु भएको हो । सापकोटा सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ । केही दिन देखि चलेको शीत लहरले अति विपन्न परिवार प्रभावित भइरहेको बेला ४५ परिवारका नानीहरूले ३१० वटा ओड्ने ब्ल्याङ्कट पाएका छ् । संस्थाले विद्यालयलाई २४ थान सिलिङ फेन, ४ वटा डेक्सटप कम्प्युटर,स्थानीय स्वास्थ्य चौकीलाई पाँच थान र विद्यालयका दुई जना विद्यार्थीलाई दुई थान गरी जम्मा सात थान ह्विल चेयर प्रदान गरेको छ । दातृ संस्थाका तर्फबाट एन्थोनी राजा र कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले संयुक्त रुपमा विभिन्न सामग्री प्रदान गर्नुभयो । विद्यालयका प्रधानध्यापक नेत्रप्रसाद वस्तीका अनुसार एन्थोनी राजालाई पूर्व विद्यार्थी सापकोटाले सहयोगको अपिल गरेपछि एन्थोनी आफै आएर झण्डै सात लाख मूल्यका सामग्री प्रदान गर्नु भएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिगबहादुर भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजमति इङ्नाम, वडाध्यक्ष रत्नबहादुर कार्कीले दाता र पूर्व विद्यार्थीको प्रशंसा गर्नुभयो ।



Share via
Send this to a friend