दिपेश रोक्का
कानेपोखरी , मोरङको कानेपोखरी ६ स्थित आदर्श समाज कानेपोखरीको आयोजनामा आइतबार लागू औषध विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जनसेवा माध्यमिक विधालयको सभाहलमा कार्यक्रम सप्पन्न भएको हो ।
आदर्श समाज कानेपोखरीले सामाजिक कामगर्दै आएको छ । नवयुवाहरु लागू औषध तिर फसि रहेकोले कानेपोखरीका युवाहररूलाइ कुलतमा फस्न नदिने नियन्त्रण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आदर्श समाज कानेपोखरीका अध्यक्ष प्रकाश कोइरालाले बताउनु भयाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले लागू औषध न्यूनीकरणको लागि कानेपोखरीमा सचेतना मुलक कार्यक्रमहरूकाे आयोजना भइरहेकाे बताउनु भयाे । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले लागू औषधलाई न्यूनीकरणको लागि मोरङ प्रहरीले समूदाय स्तरमा विभिन्न कार्यक्रम गरिरहेकाे बताउनु भयाे । मोरङ प्रहरीले सामुदायिक प्रहरी कार्यक्रम मार्फत गाउँ गाउँमा पुगेर सचेतना सम्बन्धी कार्यक्रम हरु गरिरहेको उहाँकाे भनाइ थियाे ।
लागु औषध बिरूद्ध सचेतनामुलक कार्यक्रमको सहजीकरण आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायणप्रसाद भट्टराईले गर्नु भएकाे थियाे ।
रमाइलो प्रहरी चौकीका कार्यालय प्रमुख नारायणप्रसाद भट्टराईले लागू औषध ओसार प्रसार , विक्री वितरण सेवन गर्दा हुने सजायको बारेमा सहजीकरण गर्नुभयाे । त्यस्तै आस्रा सुधार केन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देलले ´ लागू औषध भनेको के हो , लागू औषधले समाजमा के कस्तो असर गर्छ , सेवन गर्दा समाजमा कस्तो असर पर्छ , लागू औषध सेवन गर्नु बाट कसरी बच्ने बारेमा प्रशिक्षण दिनुभयाे ।
लागू औषध बिरूद्धकाे सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा कक्षा ९ र १० का २ सय विद्यार्थीकाे रहेको थियो । कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खडगबहादुर बस्नेत ,इलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेशबहादुर श्रेष्ठ , कानेपोखरी गाउँपालिका वडा नं ५ वडा अध्यक्ष चरण गुरुङ , कानेपोखरी अस्पतालका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रराज भण्डारी ,रमाइलाे जनएकता साकोसका अध्यक्ष सन्तोष फुयल , स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भविस गुरुङ र जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाको उपस्थिति रहेको थियो ।

























