Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले तिलगंगास्थित शान्ति सेवा गृहमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

शान्ति सेवा गृहको आयोजनामा भएको शिविरमा ९३१ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे ।

बिरामीमध्ये १०३ जनाको अल्ट्रासाउन्ड, ८६ जनाको ईसीजी, १०९ जनाको ल्याब परीक्षण गरिएको थियो भने २७ जनाको दाँत निकालिएको थियो । त्यस्तै ३३ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



Share via
Send this to a friend