Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जोशेफ हाइस्कुलको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६३० जनाले उपचार गराएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिनुभयाे । उहाँका अनुसार शिविरमा आएका बिरामीमध्ये १०७ जनाको भिडियो एक्सरे, ६३ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो भने १५ जनाको दाँत निकालिएको थियो । त्यस्तै, २१ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

सांसद डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् । साथै त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।



Share via
Send this to a friend