Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सोमबार राजधानीको टुँडिखेलमा भएको गौरापर्वमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

केएमसी र पिपुल्स डेन्टल कलेज र हस्पिटलको आयोजनामा टुँडिखेलमा भएको शिविरमा निःशुल्क औषधिसहित १३ जनाको स्वास्थ्यटोली खटिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।

दाहालले उल्लेख्य संख्यामा उपचार गरिएको बताए । हजारौँको संख्यामा उपस्थिति उक्त पर्व सुदूरपश्चिमको महान् पर्वमा पर्दछ ।

गौरामा हरेक वर्ष केएमसीको टोली खटिँदै आएको छ ।

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।



Share via
Send this to a friend