Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङको उर्लाबारी–२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनु भयो । जसमध्ये १७५ जनाले बाह्य कार्यालयबाट सिफारिस भएर उर्लाबारी कार्यालय मार्फत राहदानी लिएका हुन् ।
कार्यालयबाट नागरिकता लिने भन्दा राहदानी लिनेको सङ्ख्या बढी देखिएको छ । सोही अवधिमा ७ हजार ९२ जनाले नागरिकता लिएका थिए ।
आर्थिक वर्ष ०७९/०८० मा ४ हजार ४८९ जना महिला र ६ हजार ४९६ जना पुरुष गरी कुल १० हजार ९८५ जनाले राहदानी लिएका छन् । कार्यालयले सोही अवधिमा ९ हजार ५०२ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो । यस्तै आर्थिक वर्ष ०७८/०७९ मा इलाका प्रशासन कार्यालय उर्लाबारीबाट १ हजार ५९ महिला र १ हजार ५९९ जना पुरुष गरी कुल २ हजार ६५८ जनाले राहदानी लिएका थिए ।
कार्यालयबाट आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार ७४० जनाले राष्ट्रिय परिचय पत्रको फारम भरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ हजार ७६ जनाले राष्ट्रिय परिचय पत्रको फारम भरेका थिए । कार्यालयबाट बैबाहिक अंगिकृत नागरिता लिनेको सङ्ख्या पनि बढेको छ । कार्यालयले दिएको तथ्याङ्क अनुसार ०७८/०८९ मा २८ जनाले बैबाहिक नागरिकता लिएका थिए । आर्थिक वर्ष ०८९/०८० मा ५६ जनाले र आव ०८०/०८१ मा ६६ जनाले बैबाहिक नागरिकता लिएका छन् ।



Share via
Send this to a friend