Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ जाँतेका ३९ वर्षीय डोलेश्वर पौडेलकी श्रीमती धनमाया लुइटेल(पौडेल)ले आफ्ना पतिको शव नेपाल ल्याउन आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।
३ महिना अघि भ्रमण भीसामा दुवई पुग्नु भएका पौडेलको गत भदौ ५ गते हृदयघात भइ मृत्यु भएपछि पौडेलको शव दुवईमा रोकिएको छ । दुई नाबालक छोराछोरीको उज्जवल भविष्य निर्माण गर्ने सपना बोकेर दुबई पुग्नु भएका पौडेल ३ महिना अघि मात्र दुबई पुग्नु भएको थियो । आर्थिक रूपमा कमजोर पौडेल परिवारले आफ्नो अभिभावक गुमाउनुको पीडा त छदैछ । अझ शव ल्याउन नसक्दा झन ठूलो समस्या व्यहोर्नु परेको छ। उहाँको शव नेपालसम्म ल्याउनका लागि करिब १० लाख रुपियाँको आवश्यकता पर्ने बताइएको छ ।

 



Share via
Send this to a friend