कानेपोखरीे । मोरङको कानेपोखरी–७ स्थित दही लामीचौर सामूदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वन भित्र चलचित्र बलिदान छायाङ्कनका लागि कृत्रिम राउटे वस्ती निर्माण गरिएको छ ।
चलचित्र छायाङ्कनका लागि निर्माण भएको कृत्रिम वस्ती हेर्न जानेको भीड सुरु भएको छ । बलिदान आशुसेन फिल्म प्रोडक्सन प्रालिले निर्माण गरिरहेको चलचित्र हो । लोपोन्मुख राउटेकोे जाति कथामा आधारित चलचित्रमा नायकको रुपमा समीर भट्ट र सौगात मल्लको अभिनय रहनेछ ।
पूर्वपश्चिम राजमार्गको मोरङ खण्ड अन्र्तगत कानेपोखरी चौकबाट डेढ किलोमिटर पूर्व राजमार्गबाट थोरै दक्षिण एउटा उत्तर दक्षिणमा फैलिएको साडे तीन क्षेत्रफलको लामोचौर छ । २०२० को दशक तिरै त्यहाँ चौर रहेको स्थानीय बुढापाकाको भनाई छ । दही खोला किनारमा रहेको त्यही चौरको नामबाट स्थानीयले सामूदायिक वनको नाम दही लामीचौर राखेका हुन् । आशुसेन फिल्म प्रोडक्सनले त्यही चौरमा कृत्रिम राउटे वस्ती निर्माण गरेको हो । प्रोडेक्सन म्यानेजर विप्लव श्रेष्ठले वस्ती निर्माणका क्रममा झण्डै सात लाख जति खर्च भएको बताउनु भयो ।
श्रेष्ठका अनुसार मङ्सिरको पहिलो साता राउटे वस्तीको कथासँग जोडिएको विषयमा चलचित्र छायाङ्कन हुनेछ । २०८२ को नयाँ वर्षमा आउने चलचित्र बलिदान पवन बिष्टले निर्माण गरिरहनु भएको छ । सन्तोष सेनले निर्देशन गर्नु हुने बलिदान छायाङ्कनमा हालसम्म ४ करोड रुपियाँ खर्च भइसकेको म्यानेजर विप्लव श्रेष्ठले बताउनु भयो ।

























