Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

अग्निपथ समाचारदाता,
डाइनिया ,२६ भदौ । दक्षिणी मोरङको सुनवर्षी –८ मा रहेको ऐतिहासिक हरिश्चन्द्रगढी महाराजथानको जमीन दक्षिण तर्फका मुस्लिमहरूले अतिक्रमण गरेका छन् । ऐतिहासिक राजा हरिश्चन्द्रले निर्माण गरेको सोही गढीलाई हाल स्थानीयले हर्चनगढी भन्न थालेका छन् ।
भारतीय सीमा भन्दा ८ सय मिटर उत्तरमा रहेको गढीको नाममा १० कट्ठा १४ धुर जग्गा थियो । जसमध्ये हाल साडे ३ कट्ठा जग्गामा महाराजथान रहेको छ । स्थानीय लक्ष्मी मण्डलले भन्नुभयो – हाम्रो समूदायले आदिकाल देखि पुजाआजा गर्ने महाराजथान नै अतिक्रमणमा परिसकेको छ । तर, कतैबाट पनि सुनुवाई भएन ।
अतिक्रमण भएर बाँकी रहेको खाली जमीनमा समेत दक्षिणी सीमामा रहेका मुस्लिम समूदायका मानिसहरूले दाउरा,घाँस राखेका छन् । थानसँगै रहेको पोखरी समेत मुस्लिमहरूले पुरि िदने धम्की दिइरहेका छन् । थानका पूजारी रामलाल मण्डलले भन्नुभयो – थानमा कहिले देखि पूजाआजा सुरु भयो भन्ने तथ्य फेला परेको छैन् । तर, पाँच पुस्ता देखि मेरै बाबु बाजेले पुजाआजा गर्दै आउनु भएको हो । थानसँगै रहको पिपलका रुख समेत अतिक्रमणमा परिसकेको मण्डल बताउनु हुन्छ । मण्डलले २ सय वर्ष पुरानो पिपलको रुख समेत काट िदिने , मार्न आगो लगाइदिने गरेको आरोप लगाउनु भयो ।
दक्षिण तर्फ मुस्लिम धर्मावलम्बी र उत्तर तर्फ हिन्दू धर्मावलम्बीहरूको बसोवास रहेको हालको हर्चनगढीमा अहिलेसम्म सामाजिक सद्भाव भड्किएको छैन् । थानका सदस्य भगतलाल मण्डलले भन्नुभयो– सद्भाव भड्काउन खोजेका होइनौं । हामीलाई हाम्रो धनीपुर्जा अनुसारको जमीन खाली गर्न प्रशासनले सहयोग गर्नुप¥यो । कसैको आस्था माथि कसैले पनि हस्तक्षेप गर्नु भएन । उहाँले भन्नुभयो –पटक पटक प्रहरी प्रशासनसँग गुहार माग्यौं । तर, प्रहरी प्रशासनले अदालतबाट न्याय लिनु भनेपछि हामी निरास भएका छौं ।
वडा नम्बर ८ का वडाध्यक्ष अनुवार मियाले बैशाख ६ गते मेला लाग्ने दिन गढीको जग्गा खाली गरिदिने गरेको बताउनु भयो । अरु बेला त्यहाँ खासै कुनै गतिविधि हुँदैन, त्यसैले हाम्रो समूदायका मानिसहरूले अस्थायी रुपमा घरायसी सामग्रीहरू राखेका हुन् ।
१० कट्ठा मध्ये ३ कट्ठा जमीन पनि खाली छैन । सधैं मुस्लिम जनप्रतिनिधि आउने गरेकोले हिन्दु समूदायको कुरा कसैले नसुनेको स्थानीय लक्ष्मी मण्डल बताउनुहुन्छ । मुस्लिम गाउँमा वर्सेनि मस्जिद बन्छन् । तर, हामीले जग्गा घेरावार गर्न समेत बजेट पाएका छैनौं–उहाँको प्रतिक्रिया थियो ।



Share via