Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी ।नेकपा एमालेले मोरङका रङ्गेली र सुन्दरहैँचा नगरपालिका र कानेपोखरी गाउँपालिकाको अध्यक्ष लगायत पदाधिकारी निर्वाचनका माध्यमबाट छानेको छ ।
शुक्रबार राति सुन्दरहरैँचा,रङ्गेली र कानेपोखरीको अन्तिम मत परिणाम आएको हो । एमाले मोरङका सचिव सोमराज थापाका अनुसार कानेपोखरी गाउँपालिकाको अध्यक्षमा भुपाल श्रेष्ठ ११९ मत प्राप्त गरी विजयी हुनु भएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी फर्शुराम खतिवडाले ३८ मत पाउनु भयो । यस्तै उपाध्यक्षमा कृष्ण थामी,सचिवमा लक्ष्मीप्रसाद रिजाल र उप सचिवमा दिनेश सुब्बा र खेमकुमारी बजगाई निर्वाचित हुनु भएको छ । सबै अध्यक्ष र पदाधिकारीमा निर्वाचन भएको थियो भने सदस्यहरू सर्वसम्मत चयन भएको हो । यस्तै सुन्दरहरैँचा नगरपालिकाको अध्यक्षमा १५७ मत प्राप्त गरी डिल्लीप्रसाद ढकाल विजयी हुनु भएको छ । ढकालको प्रतिद्वन्द्वी हेमराज सुवेदीले ११५ मत प्राप्त गर्नुभयो । नगर समितिको उपाध्यक्षमा दुर्गादेवी भट्टराई,सचिवमा दावा तामाङ र उप सचिवमा खगेन्द्र सेन्दाङ र राजेन्द्र धमला विजयी हुनुभयो । सुन्दरहरैँचामा पनि पदाधिकारी चयनमा मात्र मतदान भएको हो ।
दक्षिणी मोरङको रङ्गेली नगरपालिकामा राम चिमरिया ७८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी राम खड्काले ६६ मत प्राप्त गर्नुभयो । रङ्गेलीको उपाध्यक्षमा रामचन्द्र मण्डल,सचिवमा कृष्णदेव ठाकुर र उप सचिवमा कमलप्रसाद राजवंशी र यशोदा कोइराला निर्वाचित हुनुभयो ।



Share via
Send this to a friend