Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

उर्लाबारी । मोरङका विभिन्न पालिकामा नेकपा एमालेले धमाधम नेतृत्व चयन गरिरहेको छ ।
जिल्लाले चैत भित्रमा गाउँ तथा नगर अधिवेशन गरिसक्न निर्देशन दिएको थियो । एमाले जिल्ला अध्यक्ष अजम्वर राईका अनुसार हालसम्म उर्लाबारी,रतुवामाई,पथरीशनिश्चरे, बेलबारी,सुनवर्षी नगरपालिका र ग्रामथान,बुढीगङ्गा, कटहरी गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । यस्तै रङ्गेली, सुन्दरहरैँचा नगरपालिका र कानेपोखरी र धनपालथान, गाउँपालिका चुनावी प्रक्रियामा रहेका छन् । विराटनगर नहानगरपालिका,लेटाङ नगर पालिका र जहदा,मिक्लाजुङ र केरावारी गाउँपालिकाले अधिवेशन प्रक्रिया चैत भित्रै सक्ने तयारी रहेपनि बैशाख १५ भित्र सक्ने गरी निर्वाचनका कार्यक्रम चलिरहेका छन् ।
जिल्ला अध्यक्ष राईका अनुसार हालसम्म निर्वाचनबाट उर्लाबारी अध्यक्षमा निरोज तिम्सिना,पथरीशनिश्चरेमा सञ्जीव गिरी,बेलबारीमा शङ्कर गुरुङ,रतुवामाईमा देवीप्रसाद दाहाल र सुनवर्षी नगरपालिकामा विष्णुप्रसाद कडेँल निर्वाचित हुनु भएको छ । एमाले मोरङका सचिव सोमराज थापाका अनुसार जिल्लाका ग्रामथान,बुढीगङ्गा र कहहरी गाउँपालिकाको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको छ । उहाँका अनुसार ग्रामथानमा सत्यनारायण चौधरी, बुढीगङ्गमा अर्जुन बोगटी र कहहरीमा रामनारायण मण्डल अध्यक्ष चयन हुनुभएको छ ।
विराटनगर महानगर ,केरावारी र मिक्लाजुङ गाउँपालिकाले प्रतिनिधि छनौट गरिसकेर अधिवेशनको मिति तोकिसकेका छन् । भने लेटाङ नगरपालिका र जहदा गाउँपालिकाको अधिवेशन बैशाख १५ भित्र गर्ने तयारी भइरहेको छ ।



Share via
Send this to a friend