दिपेश रोक्का /
कानेपोखरी , २६ भदौ ।एनप्याब्सन कानेपोखरी गाउँ समितिले मङ्गलबार ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरि जवाफ , हिज्जे , निबन्ध लेखन प्रतियोगिताकाे आयाेजना गरेको छ।
कानेपाेखरी ६ स्थित रमाइलो जनएकता साकाेसको सभा हलमा ८ विद्यालयले सहभागीता जनाएका थिए ।
बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्न्ने नारा तय गरिएको याे वर्षको बालदिवस विगतमा भन्दा फरक ढंगले मनाइएकाे एनप्याब्सन कानेपाेखरी अध्यक्ष अध्यक्ष अर्जुन राईले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका भरि निजि तथा सार्वजनिक बिधालयका बिद्यार्थीहरुको उपस्थित रहेको थियो । हिज्जे प्रतियोगितामा ८ नीजि तथा सार्वजनिक विद्यालयले उपस्थिति जनाएको थिए । जस मध्ये हिज्जे प्रतियोगितामा आर्दश स्कुल कानेपाेखरी ७ प्रथम , माउन्ट हर्मोन दाेस्राे र तेस्रो सर्च लाइट स्कुल तेस्रो भए ।
त्यस्तै निबन्ध प्रतियोगितामा पिनाकल ज्ञान मन्दिर कि बिद्यार्थी अर्पना पौडेल प्रथम भइन । दोस्रो हुनेमा माउन्ट हर्मोन कि बिद्यार्थी दिपिका गज्मेर रहिन भने मकालु मोरङ कि बिद्यार्थी नबिना दासले तेस्रो स्थान हासिल गरिन ।
हाजिरी जवाफ तर्फ माउण्ट हर्मोनले प्रथम स्थान हासिल गरेको थियो भने मकालु मोरङ बोर्डिङ स्कुल दोस्रो , रमाइलो बालजगत बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।।
कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिनुपर्नेमा जाेड दिनुभयो । किताबि ज्ञानले अंक आउँछ ,तर क्षमता वृद्धि हुँदैन ,क्षमता बढाउन अतिरिक्त क्रियाकलाप नियमित हुनुपर्छ ,- उहाँले भन्नुभयो । बिद्यार्थीहरुलाई परीक्षामुखी ज्ञानले मात्रै नपुग्ने भन्दै यस्ता कार्यक्रम गर्न सधैं बाल दिवसमात्र नकुर्न उहाँले आग्रह गर्नुभयो ।भएर रहेको ज्ञानले अगाडि बढाउन सहयोग गर्छ भनेर जय बहादुर श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा बिद्यार्थी शिक्षक , कानेपोखरि ६ वडा अध्यक्ष खडगबहादुर बस्नेत , तथा कानेपोखरि शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले , एनप्याब्सन मोरङका अध्यक्ष सुनीलदत्त अधिकारी , एनप्याब्सन मोरङका सहकोषाध्यक्ष राजेश कार्की , एननप्याब्सन मोरङ जिल्ला सदस्य दिपक चौलागाईंको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एनप्याब्सन कानेपोखरीका सचिब महेन्द्र बोहराले गर्नु भएको थियो ।

























