Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी, ३१ भदौ । मोरङको कानेपोखरी–७ स्थित मातृभुमि कृषि सहकारी संस्था लि.को अध्यक्षमा हिमप्रसाद तिम्सिना निर्वाचित हुनु भएको छ ।
शनिवार भएको १० औं वार्षिक साधारणसभाले तिम्सिनालाई दोस्रो पटक सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चेतनाथ गौतम,सचिवमा सूर्यप्रसाद कोइराला र कोषाध्यक्षमा धान्यप्रसाद अधिकारी सर्वसम्मत चयन हुनुभयो । यस्तै सदस्यहरूमा बद्रीप्रसाद कोइराला,विनेश कट्वाल,मानबहादुर मगर,मेघराज सुवेदी, मधु पौडेल,कल्पना दाहाल र तुलसा पाैडेल चयन हुनुभयो ।
यसैगरी लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा नीलकण्ठ अधिकारी, सदस्यहरूमा ओमप्रसाद अधिकारी र ईश्वरी जोगी चयन हुनुभयो । निर्वाचन समितिका संयोजक यादवप्रसाद निरौलाले शनिवार नै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराउनु भयो ।
यस अघि शनिवार नै संस्थाको १० आंैं वार्षिक साधारणसभाका अवसरमा सर्वाधिक दूध बिक्री गर्ने किसान विनेश कट्वाल,जेष्ठ सदस्य देवीभक्त भट्टराई,उत्कृष्ठ किसान हरिप्रसाद न्यौपानेलाई सम्मान गरिएको थियो । यस्तै सोही अवसरमा नियमित बचत तर्फ उत्कृष्ट कारोवार गर्ने देउमाया लिम्बू,उत्कृष्ट ऋण कारोवार गर्ने देवीप्रसाद ढकाल,सर्वाधिक शेयर जम्मा गर्ने सीता घतानी,उत्कृष्ट ऐच्छिक बचत कारोवार गर्ने हरिप्रसाद लिम्बू र बाल बचत कारोवार गर्ने निश्चल गौतमलाई पुरस्कार तथा सम्मान गरियो ।
पुरस्कृत तथा सम्मानित शेयर सदस्यहरूलाई जिल्ला कृषि सहकारी सङ्घ मोरङका उपाध्यक्ष सोभितमान पौडेल,कानेपोखरी गाउँपालिकाका कार्यपालिका सदस्य पदमकुमारी कार्की,जनमुखी साकोसका अध्यक्ष सञ्जीव खड्का र नयू देउराली कृषक सहकारी संस्था लि. का अध्यक्ष नवराज कट्वालले पुरस्कार तथा सम्मान गर्नुभयो ।
गत असार मसान्तसम्म ६८७ जना शेयर सदस्य रहेको मातृभुमि कृषि सहकारी संस्थाको शेयर पँुजी ३३लाख ८९ हजार १ सय रुपियाँ पुगेको छ । १ करोड ३९ लाख ५६ हजार १६३ रुपियाँ बचत निक्षेप रहेको संस्थामा १३ लाख ५५ हजार १७७ रुपियाँ विभिन्न कोषमा रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ८ लाख ७४ हजार २६१ रुपियाँ कर्जा लगानी गरेको छ । संस्थाले गत आवमा २ लाख ४४ हजार ४८६ रुपियाँ शुद्ध बचत गरेको छ ।
संस्थाका सचिव सूर्यप्रसाद कोइरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा अध्यक्ष हिमप्रसाद तिम्सिनाले गत आवको प्रगती प्रतिवेदन र आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष कुवेरप्रसाद दाहालले गत आवको यथार्थ आम्दानी खर्च र आगामी ार्थिक वर्षका लागि अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक धान्यप्रसाद अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभा कानेपोखरी–७ बरगाछीको आदर्श इङ्लिस स्कुलमा भएको थियो ।



Share via
Send this to a friend