हरिप्रसाद कोइराला
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले विपन्न आवास कार्यक्रमलाई सबैभन्दा प्राथमिकतामा राखेको छ । पालिकाले शनिबार अति विपन्न ४१ परिवारलाई सुरक्षित आवासमा सारेको छ ।
पालिकाको वडा नम्वर १ को झर्नाघुटुुमा ११ परिवार र वडा नम्बर ३ को कोलटोलमा ३० परिवारलाई पालिकाले सुरक्षित आवासमा सारेको हो । ह्याविटाट हुमानिटी नेपाल र सहारा नेपालको आर्थिक साझेदारीमा निर्माण भएका घरहरू ५ लाख ५६ हजार १३० रुपियाँमा निर्माण भएका हुन। जसमा दुई साझेदार संस्थाले प्रतिघर १ लाख ९५ हजार लगानी गरेका छन् ।
सुरक्षित आवास हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका संयोजक ऋषिकेश पोख्रेलले नागरिकलाई सुरक्षित आवासमा सार्ने विषय कहिल्यै प्राथमिकतामा नपरेको उल्लेख गर्दै कानेपोखरीको काम गराई देशका अरु पालिकाले सिक्नु पर्ने बताउनु भयो । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको कानेपोखरी–३ मा आवास हस्तान्तरण गर्दै उहाँले डाँस खोलाको स्थायी तटबन्धका लागि प्रदेश सरकारसँग समन्वय गर्ने उल्लेख गर्नुभयो । उहाँले भाउन्ने –आमतोला सडकको कानेपोखरी खण्डमा मात्र काम नभएको बताउँदै कानेपोखरी खण्डको काम अघि बढाउने प्रतिवद्धता ब्यक्ति गर्नुभयो ।
कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीले कानेपोखरीले जनता आवासका क्षेत्र जिल्ला मै नमुना काम गरेको बताउनु भयो । पालिकाले हालसम्म १२२ वटा घर विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको बताउँदै यो कार्यक्रम भई मान्छेका लागि भएको धारणा राख्नुभयो । सांसद अधिकारीले घर निर्माण भएको जग्गाको धनीपूर्जा घरधनीलाई उपलब्ध गराउन गाउँपालिकाले सहयोग गर्नुपर्ने बताउनु भयो ।
गाउँपालिका अध्यक्षले राजमति इङ्नामले आफू उपाध्यक्ष भएपछि हरेक दिन जसो विपन्न परिवारका सदस्य कहिले घर भत्कियो,कहिले छानो हावाले उडायो त कहिले बेरा लड्यो भन्दै सहयोग माग्न आउने गर्नुृहुन्थ्यो । त्यसपछि पालिकाले आफैं जग्गा खरिद गरेर प्रधानटोलमा घर बनाएर हस्तान्तरण ग¥यो । उहाँले आफू अध्यक्ष भएपछि गरिवका लागि कालोपत्रे सडक भन्दा सुरक्षित आवास पहिलो प्राथमिकता रहेको भन्दै विपन्न आवास कार्यक्रमलाई महत्व दिएको बताउँनु भयो । उहाँले हालसम्म अति विपन्न १२२ परिवार सुरक्षित आवासमा सरिसकेको र अब उनीहरू घर निर्माणका लागि चन्दा उठाउन हिड्नुको सट्टा श्रम गरेर रोजिरोटी प्रबन्ध गर्न हिड्ने अध्यक्ष इङ्नामको बुझाई छ ।
ह्याविटाट हुमानिटी नेपालका कार्यक्रम संयोजक विजय गुप्ताले २७ वर्ष देखि विपन्न नागरिकका आवास निर्माणमा हाविटाटले सहयोग गरिरहेको बताउनु भयो । उहाँले हाल झापा,मोरङ,धनुषा,जाजरकोट र काभ्रे लगायतका जिल्लामा नागरिक आवास निर्माण गरिरहेको जानकारी दिनुभयो । सहारा नेपालका कार्यक्रम संयोजक भीमप्रसाद भेट्वालले नागरिक आवास कार्यक्रमका विषयमा जानकारी गराउनु भयो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष इङ्नामको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष भोलाप्रसाद अधिकारी र सम्वन्धित वडाका अध्यक्ष गोालबहादुर कार्कीले समेत बोल्नु भएको थियो । कानेपोखरी गाउँपालिकाले यस अघि ८१ वटा घरमा अतिविपन्न परिवारलाई सारि सकेको छ ।

























